बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
अर्थतन्त्र

अर्थतन्त्रले निर्णायक मोड लिन्छ भन्ने यथेष्ट आधारहरू छन् : अर्थमन्त्री

बुधबार, २७ मङ्सिर २०८०, ११ : ५५
बुधबार, २७ मङ्सिर २०८०

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले समग्र आर्थिक परिवेश सकारात्मकतातिर उन्मुख भएको दाबी गरेका छन् । अर्थ मन्त्रालयले बुधबार वर्तमान आर्थिक अवस्थाको सम्बन्धमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले सो कुराका बताएका हुन् ।

समग्रमा आर्थिक सूचक सकारात्मक भएर गए पनि ग्राउन्डमा हुने उत्पादन वृद्धि तथा रोजगारी वृद्धिमा केही समय लाग्ने र यो काम रातारात नहुने महतले स्पष्ट पारे । उनले ऋण प्रवाहमा वृद्धि, पर्यटन आवागमनमा उच्च वृद्धि, विप्रेषणमा वृद्धि लगायतले बाह्य परिवेशमा देश ‘कम्फरटेबल’ अवस्थामा रहेको जिकिर गरे । 

सेयर बजार तल भयो भन्ने गुनासो रहेकोमा मौद्रिक नीतिपछि सेयर मार्केटले पनि सकारात्मक दिशा पक्रेको उनले जानकारी दिए । ‘जग्गा कारोबार पनि बढ्ने क्रममा छ । उपभोक्तामा मानसिकता आत्मविश्वासको कमीको कुरा छ । उपभोक्ताहरूलाई उपभोग गरौँ कि नगरौँ भन्ने द्विधा छ, लगानीकर्ताहरूलाई लगानी गरौँ कि नगरौँ भन्ने द्विधा छ, त्यो पनि अन्त्य हुँदैछ,’ उनले भने, ‘सबैतिरबाट आत्मविश्वास जगाउने कुरा गर्‍यौँ भने अर्थतन्त्रले निर्णायक मोड लिन्छ भन्ने यथेष्ट आधारहरू छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप