जेलेन्स्कीको अमेरिका भ्रमण : हात लाग्यो शून्य
वासिङ्टन । भ्लोदोमिर जेलेन्सीको मंगलबार भएको वासिङ्टनको तेस्रो भ्रमण हतासाले प्रेरित थियो । हालको सहयोग रकम सकिनअघि नै अमेरिकी संसद्बाट थप सैन्य सहयोग सुनिश्चित गराउने उनको यो अन्तिम प्रयास थियो ।
युक्रेनका राष्ट्रपति यति बेला निकै अत्तालिएका छन् किनभने उनको राष्ट्रको भविष्य अमेरिकी सहयोगमा निर्भर छ । उनका अमेरिकी समकक्षी जो बाइडेन पनि सकसमा छन् किनभने उनी युक्रेनको युद्धलाई प्रजातन्त्र र निरंकुशतन्त्रबिचको लडाइँको रूपमा हेर्छन् । तर, मंगलबारको अन्त्यमा दुवै नेताले आफ्नो प्रयासको प्रतिफल देखाउने कुनै उल्लेख्य कुरा थिएन ।
गत वर्ष वासिङ्टन आउँदा जेलेन्स्कीलाई अमेरिकी संसद्को दुवै सदनको संयुक्त बैठकले तालीको गडगडाहटले स्वागत गरेको थियो । ह्वाइट हाउसमा रेड कार्पेट बिछ्याइएको थियो । लगत्तै अमेरिकाले रुसविरुद्ध लड्नका लागि ५० अर्ब डलर बराबरको सहयता घोषणा गरेको थियो ।
यसपटक भने परिस्थिति फरक रह्यो ।
उनले अमेरिकी सांसदहरूसँग बन्द कोठामा छलफल गरे । उनले रिपब्लिकन सभामुख माइक जोनसनसँग भेटवार्ता गरे पनि जोनसनले उनीसँग सार्वजनिक रूपमा तस्बिर समेत खिच्न इच्छा देखाएनन् । ह्वाइट हाउसमा स्वागत गर्दा पनि पहिलेजस्तो तामझाम केही थिएन ।
जेलेन्स्की आधा विश्वको यात्रा गरेर युक्रेनका लागि थप सैन्य सहयता सुनिश्चित गर्न अमेरिका पुगेका थिए । तर, अमेरिकामा अवस्था केही पनि सुधार हुन सकेन ।
अमेरिकाको आप्रवासी नीतिको विषयमा जारी घरेलु विवादको चपेटामा युक्रेनका लागि थप आर्थिक सहयोग परेको छ । मंगलबार बिहान जेलेन्स्कीसँग भेटेपछि रिपब्लिकन सेनेटरहरूले युक्रेनको अवस्थाप्रति सहानुभूति राखे पनि अमेरिकाको सीमाको समस्या देशको सुरक्षाका लागि प्राथमिकताको विषय भएको जिकिर गरे । रिपब्लिकन सांसद लिन्डसे ग्राहमले त जेलेन्स्कीले आफ्नो सोच परिवर्तन गर्न नसकेको स्पष्ट पारिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण