मध्य प्रदेशका मुख्यमन्त्री विजय यादवले लिए शपथ
काठमाडौँ । हालै सम्पन्न विधान सभा चुनावमा विजयी भएका भारतीय जनता पार्टीका नेता डा.विजय यादवले आज मध्य प्रदेशको मुख्यमन्त्रीको शपथ लिएका छन् ।
चार पटक मुख्यमन्त्री सकेका शिवराज सिंह चौहानलाई पछाडि पार्दै नेता यादवले मुख्य मन्त्रीमा बाजी मारेका हुन् । मुख्य मन्त्रीका लागि चौहानले पनि दावी गरेका थिए ।
आरएसएसका निकटस्थ मानिने नेता यादवलाई आज मध्ये प्रदेशका राज्यपाल मंगुभाइ पटेलले शपथ ग्रहण गराएका छन् । सो क्रममा राजेन्द्र शुक्ला र जगदीश देवडाले उपमुख्यमन्त्री पदमा शपथ लिए ।
शपथ ग्रहण कार्यक्रम भारतीय ्रधानमन्त्री नरेन्द्र मोदी स्वयं उपस्थित थिए । त्यस्तै गृहमन्त्री अमित शाह, भाजपाका अध्यक्ष जेपी नड्डा, केन्द्रीय मन्त्री नितिन गडकरी, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ लगायतको उपस्थिति थियो ।
गत महिना सम्पन्न विधान सभा चुनावमा भाजपाले मध्यप्रदेशको २३० सीटमध्ये १६३ हात पारेको छ । मुख्यमन्त्री यादवले सन् २०१३, २०१८ मा पनि विधानसभाको चुनाव जितेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण