सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

मध्य प्रदेशका मुख्यमन्त्री विजय यादवले लिए शपथ

बुधबार, २७ मङ्सिर २०८०, १३ : २६
बुधबार, २७ मङ्सिर २०८०

काठमाडौँ । हालै सम्पन्न विधान सभा चुनावमा विजयी भएका भारतीय जनता पार्टीका नेता डा.विजय यादवले आज मध्य प्रदेशको मुख्यमन्त्रीको शपथ लिएका छन् ।

चार पटक मुख्यमन्त्री सकेका शिवराज सिंह चौहानलाई पछाडि पार्दै नेता यादवले मुख्य मन्त्रीमा बाजी मारेका हुन् । मुख्य मन्त्रीका लागि चौहानले पनि दावी गरेका थिए । 

आरएसएसका निकटस्थ मानिने नेता यादवलाई आज मध्ये प्रदेशका राज्यपाल मंगुभाइ पटेलले शपथ ग्रहण गराएका छन् । सो क्रममा राजेन्द्र  शुक्ला र जगदीश देवडाले उपमुख्यमन्त्री पदमा शपथ लिए ।

शपथ ग्रहण कार्यक्रम भारतीय ्रधानमन्त्री नरेन्द्र मोदी स्वयं उपस्थित थिए । त्यस्तै गृहमन्त्री अमित शाह, भाजपाका अध्यक्ष जेपी नड्डा, केन्द्रीय मन्त्री नितिन गडकरी, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ लगायतको उपस्थिति थियो ।

गत महिना सम्पन्न विधान सभा चुनावमा भाजपाले मध्यप्रदेशको २३० सीटमध्ये १६३ हात पारेको छ । मुख्यमन्त्री यादवले सन् २०१३, २०१८ मा पनि विधानसभाको चुनाव जितेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप