झडपको आशंकामा वीरगन्ज महानगरमा प्रहरी परिचालन, तस्बिरहरु
पर्सा । झडपको आशंकामा वीरगन्ज महानगरपालिकामा प्रहरी परिचालन गरिएको छ । वीरगन्ज महानगरपालिकामा पञ्जिकरणा शाखाको विषयमा विवाद हुँदा झडप सिर्जना हुनसक्ने आशंकामा प्रहरी परिचालन गरिएको हो ।
बुधबार बिहानदेखि नै जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाको नेतृत्वमा एक सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ ।
यस्तै महानगर प्रमुख राजेशमा सिंह र उपप्रमुख ईम्तियाज आलमका सर्मथकहरुको पनि उपस्थित रहेको छ ।
यसअघि उपप्रमुख आलमको कार्यकक्षसँगै रहेको प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईको कार्यकक्ष महानगर प्रमुख राजेशमान सिंहको कार्यकक्ष नजिक सारेपछि विवादको सुरुवात भएको थियो ।
उपप्रमुख आलमले महानगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले आफूलाई जानकारी नगराई कार्यकक्ष अन्यत्र सारिएको आरोप लगाएका छन् । तर नगरप्रमुख राजेशमान सिंहले भने पञ्जिकरण शाखा साँघुरो भएकोले पुरानो प्रशासकीय अधिकृतको कोठामा पञ्जिकरण शाखा सारिएको बताएका छन् ।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण