सिम्रौनगढ नगरपालिकाका प्रमुखको गाडी तोडफोड
बारा । बाराको सिम्रौनगढ नगरपालिकाका नगरप्रमुख चढ्ने गाडीमाथि तोडफोड भएको छ । बुधवार नगरपालिकाका नयाँ प्रशासकीय अधिकृत महेश मिश्र चढेर कार्यालय जाने क्रममा गाडीमाथि तोडफोड भएको हो ।
आन्दोलनरत शिक्षक कर्मचारीहरूले नगर प्रमुखको गाडीमाथि ढुङ्गा प्रहार गरेको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए । सिम्रौनगढ नगरपालिकामा ५ महिनादेखि स्थानीय नगर अस्पतालमा आकस्मिक सहितका सेवा बन्द छन् भने एक सातादेखि सामूदायिक विद्यालयहरूमा पठन पाठन ठप्प छ । सो नगरपालिकाका वडा कार्यलयहरु पनि बन्द रहेका छन् ।
उक्त नगरपालिकामा कानुनी रूपमा नगरसभा सम्पन्न हुन सकेको छैन भने नगरपालिकाका शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मीले ४ देखि १४ महिनाको सेवा सुविधा पाएका छैनन् । उनीहरु दुई महिनादेखि सेवा सुविधाको माग गर्दै नगरपालिकाको मूलगेटमा धर्ना बस्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण