महासमिति बैठक तोकिएको समयमा हुनुपर्छ : नेता केसी
बुधबार, २७ मङ्सिर २०८०, १५ : १२
काठमाडौँ । नेपाली कांग्रेसका नेता जगदीश्वरनरसिंह केसीले महासमिति बैठक तोकिएको समयमा हुनुपर्ने बताएका छन् ।
कांग्रेस नेता शेखर कोइराला–महामन्त्री गगन थापा समूहको बैठकमा उनले महासमिति बैठक तोक्ने समयमा पुसमा जाडो हुन्छ भन्ने थाहा भएको भन्दै समयमै बैठक हुनुपर्ने बताए ।
नेता केसीले राष्ट्रियसभाको चुनावमा अवसर नपाएका योग्य व्यक्तिको छनोट गर्नुपर्ने बताए । चुनाव हारेकालाई अवसर दियो भने यो समूहले सहभागी हुँदैनौँ भन्न सक्नुपर्ने उनले बताए ।
नेता केसीले कोइराला–गगन समूहभित्र कुनै विवाद नरहेको पनि प्रष्ट पारेका छन् । कांग्रेसको १५ औँ महाधिवेशनमा कोइराला–गगन समूह एक भएर उभिने उनले बताए ।
उनले भने,‘विवाद केही होइन भनेर शेखर दाइले भन्नुभयो । हामीले कार्यकर्तामा भएको अन्योल हटाउनपर्छ भन्यौ ।’
कोइराला–गगन समूहको बैठक जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण