मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

महासमिति बैठक तोकिएको समयमा हुनुपर्छ : नेता केसी

बुधबार, २७ मङ्सिर २०८०, १५ : १२
बुधबार, २७ मङ्सिर २०८०

काठमाडौँ । नेपाली कांग्रेसका नेता जगदीश्वरनरसिंह केसीले महासमिति बैठक तोकिएको समयमा हुनुपर्ने बताएका छन् । 

कांग्रेस नेता शेखर कोइराला–महामन्त्री गगन थापा समूहको बैठकमा उनले महासमिति बैठक तोक्ने समयमा पुसमा जाडो हुन्छ भन्ने थाहा भएको भन्दै समयमै बैठक हुनुपर्ने बताए । 

नेता केसीले राष्ट्रियसभाको चुनावमा अवसर नपाएका योग्य व्यक्तिको छनोट गर्नुपर्ने बताए । चुनाव हारेकालाई अवसर दियो भने यो समूहले सहभागी हुँदैनौँ भन्न सक्नुपर्ने उनले बताए । 

नेता केसीले कोइराला–गगन समूहभित्र कुनै विवाद नरहेको पनि प्रष्ट पारेका छन् । कांग्रेसको १५ औँ महाधिवेशनमा कोइराला–गगन समूह एक भएर उभिने उनले बताए ।  

उनले भने,‘विवाद केही होइन भनेर शेखर दाइले भन्नुभयो । हामीले कार्यकर्तामा भएको अन्योल हटाउनपर्छ भन्यौ ।’

कोइराला–गगन समूहको बैठक जारी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप