विगतका सरकारले अनुत्पादक क्षेत्रमा लगानी गर्यो, बिल्डिङ र टावरमा अर्बौ खन्यायो – अर्थमन्त्री
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशसरण महतले विगतको सरकारले अनुत्पादक क्षेत्रमा अर्बौ रुपैयाँ लगानी हुँदा अर्थतन्त्रमा समस्या आएको बताएका छन् । आज अर्थतन्त्रको पछिल्लो अवस्थाबारे जानकारी दिन आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले यस्तो बताएका हुन् ।
उनले पछिल्लो ४/५ वर्षयताको सरकारले भवन र टावर निर्माणमा नै अर्बौ रुपैयाँ खन्याएको बताए । बजेटबाटै अनुत्पादक क्षेत्रमा लगानी गर्नेक्रम बढ्दा एउटै भवन निर्माणमा नै ६/७ अर्ब लगानी भएको महतले बताए । जसले अर्थतन्त्रमा उत्पादकत्व बढाउन नसकेको उनको भनाई छ ।
‘यस अवधिमा ६/७ अर्ब लागतका विल्डिङ र टावर बनेका छन् । अझै धेरै टावर छन्,’ डा. महतले भने, ‘यी आयोजना बन्दाबन्दै रड र सिमेन्ट बिक्री भए । कामदारले र इन्जिनियरले रोजगारी पाए । यस्तै, आर्थिक वृद्धिमा पनि केही प्रभाव देखियो होला ।’ तर, बनिसकेपछि ती आयोजनाबाट उत्पादकत्व नहुँदा समस्या भएको महतको भनाई छ ।
अर्थमन्त्री डा. महतले नेकपा एमाले नेतृत्वको सरकारको समयमा बनेका भ्यू टावर र भवनलाई इंगित गरेका हुन् । केपी शर्मा ओली सरकारको समयमा देशव्यापीरुपमा भ्यू टावरमा लगानी भएको थियो । चर्को आलोचना भएपछि ओलीले भ्यू टावरमा लगानी हुँदा रोजगारी सृजना हुनका साथै रड र सिमेन्टको खपतले अर्थतन्त्रमा सकरात्मक असर पारेको बताउँदै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण