विगतका सरकारले अनुत्पादक क्षेत्रमा लगानी गर्यो, बिल्डिङ र टावरमा अर्बौ खन्यायो – अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशसरण महतले विगतको सरकारले अनुत्पादक क्षेत्रमा अर्बौ रुपैयाँ लगानी हुँदा अर्थतन्त्रमा समस्या आएको बताएका छन् । आज अर्थतन्त्रको पछिल्लो अवस्थाबारे जानकारी दिन आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले यस्तो बताएका हुन् ।
उनले पछिल्लो ४/५ वर्षयताको सरकारले भवन र टावर निर्माणमा नै अर्बौ रुपैयाँ खन्याएको बताए । बजेटबाटै अनुत्पादक क्षेत्रमा लगानी गर्नेक्रम बढ्दा एउटै भवन निर्माणमा नै ६/७ अर्ब लगानी भएको महतले बताए । जसले अर्थतन्त्रमा उत्पादकत्व बढाउन नसकेको उनको भनाई छ ।
‘यस अवधिमा ६/७ अर्ब लागतका विल्डिङ र टावर बनेका छन् । अझै धेरै टावर छन्,’ डा. महतले भने, ‘यी आयोजना बन्दाबन्दै रड र सिमेन्ट बिक्री भए । कामदारले र इन्जिनियरले रोजगारी पाए । यस्तै, आर्थिक वृद्धिमा पनि केही प्रभाव देखियो होला ।’ तर, बनिसकेपछि ती आयोजनाबाट उत्पादकत्व नहुँदा समस्या भएको महतको भनाई छ ।
अर्थमन्त्री डा. महतले नेकपा एमाले नेतृत्वको सरकारको समयमा बनेका भ्यू टावर र भवनलाई इंगित गरेका हुन् । केपी शर्मा ओली सरकारको समयमा देशव्यापीरुपमा भ्यू टावरमा लगानी भएको थियो । चर्को आलोचना भएपछि ओलीले भ्यू टावरमा लगानी हुँदा रोजगारी सृजना हुनका साथै रड र सिमेन्टको खपतले अर्थतन्त्रमा सकरात्मक असर पारेको बताउँदै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
नारायणको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल
-
साउदी भ्रमणमा ट्रम्पले घोषणा गरे १४२ विलियन डलरको हतियार सम्झौताको घोषणा
-
ला लिगामा तीन खेल, सबैको नतिजा १-०
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’