शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीको टिप्पणी : गठबन्धन कुहिएको फल हो, आफैँ झर्छ

बुधबार, २७ मङ्सिर २०८०, १६ : ४०
बुधबार, २७ मङ्सिर २०८०

भोजपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई कुहिएको फलको संज्ञा दिँदै आफैँ झर्ने बताएका छन् । 

एमालेले मध्य पहाडी पुष्पलाल लोकमार्गमा सुरु गरेको ‘झुलाघाट—चिवाभञ्ज्याङ सङ्कल्प यात्रा’ अन्तरगत बुधवार भोजपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफ्नै कारणले गठबन्धन भत्किने टिप्पणी गरेका हुन् । उनले कांग्रेस र माओवादीलाई विदेशीले मिलाइदिएको जिकिर गर्दै विदेशीले बनाइदिएको सरकारबाट देश बन्न नसक्ने बताए । 

उनले आगामी चुनावमा पार्टीले एकल बहुमत ल्याउन जनतासँग प्रत्यक्ष भेटघाट गरिएको उनको भनाइ थियो । सोही अनुसार सिंगो पार्टी नेतृत्व अभियानमा लागेको उल्लेख गर्दै ओलीले आगामी निर्वाचनमा कुनै पनि पार्टीले एमालेसँग एक्लै लड्न नसक्ने जिकिर गरे । ‘आगामी निर्वाचनमा एक्लै एमालेसँग लड्न त के हेर्न पनि सक्दैन’, ओलीको भनाइ थियो । 

ओलीले एमालेलाई सिध्याउन देश दुनियाँ लागिपरे पनि अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ लोकप्रिय मत ल्याएर प्रमाणित गरिसकेको पनि बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप