आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

शेखर—गगन समूहमा कुनै फाटो आएको छैन : नेता केसी

बुधबार, २७ मङ्सिर २०८०, १८ : ०९
बुधबार, २७ मङ्सिर २०८०

काठमाडौँ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले शेखर—गगन समूहमा कुनै फाटो नआएको दाबी गरेका छन् ।  

बुधवार काठमाडौँमा बसेको कांग्रेस नेता डा. शेखर कोइराला गुटको बैठकपछि बोल्दै उनले यस्तो दाबी गरेका हुन् । उनले आफूहरू लोकतन्त्रवादी भएकाले वाद, प्रतिवाद र संवादको प्रक्रिया भइरहने बताए । 

नेता केसीले महासमिति बैठक तोकिएकै समयमा हुनुपर्ने बताए । उनले नेपाल भ्रष्टाचारको काण्डले सिंगारिएको भन्दै कांग्रेसले भ्रष्टाचार बिरोधी अभियान महासमितिबाट पारित गरेर जनतामा जानुपर्ने बताए ।

नेता केसीले अहिलेसम्मका भ्रष्टाचारका प्रकरणहरुको छानबिन गरी अन्तिम फैसला गर्नुपर्ने बताए ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप