१७ वर्षीय मिडफिल्डर वारेनको गोलले पीएसजी नकआउट चरणमा
काठमाडौँ । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको नकआउट चरणमा पुगेको छ । आफ्नो पछिल्लो खेलमा बुधबार राति बलियो जर्मन प्रतिद्वन्द्वी बोरुसिया डर्टमन्डलाई १–१ गोलको बराबरीमा रोक्दै पीएसजी नकआउट चरणमा पुगेको हो ।
१७ वर्षीय मिडफिल्डर वारेन जाइरे इमरीको गोलका कारण पीएसजीको नकआउट यात्रा सम्भव भएको थियो । पीएसजी प्रभावशाली इङ्लिस प्रतिद्वन्द्वी न्युक्यासल युनाइटेड र इटालियन प्रतिद्वन्द्वी एसी मिलानलाई पछि पार्दै समूह ‘एफ’ बाट नकआउट चरणमा पुगेको हो ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा ६ मिनेटको बिचमा दुबै टोलीले एक–एक गोल गरेका थिए । खेलमा अग्रता भने बोरुसिया डर्टमन्डले लिएको थियो । डर्टमन्डका लागि करिम एडिमीले गोल गरेका थिए ।
यसैगरी निर्धारित समयको ५६औँ मिनेटमा पीएसजीका लागि वारेन जाइरे इमरीले जवाफी गोल गरेका थिए । सोही समूहको अर्को खेलमा एसी मिलानले न्युक्यासलाई २—१ गोलले हराएपछि पीएसजीको नकआउट चरण यात्रा थप सहज बनेको थियो ।
समूह ‘एफ’ मा चारवटै क्लबले ६–६ खेल खेलिसक्दा ११ अंकसहित बोरुसिया लिग लिडरका रुपमा नकआउट चरणमा पुग्यो । तालिकामा दोस्रो भएको पीएसजीले आठ अंक बटुल्यो । एसी मिलानको आठ अंक भए पनि गोलअन्तरमा पीएसजीसँग पछाडि परेको थियो । न्युक्यासलले भने पाँच अंकमात्र बटुल्न सक्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण