अटो पाइलटमा त्रुटि देखिएपछि टेस्ला कम्पनीले २० लाख थान कार फिर्ता गर्दै
क्यालिफोर्निया । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाले अमेरिकामा आफ्ना २० लाख थान भन्दा धेरै कार फिर्ता गर्ने भएको छ । अमेरिकी नियामकहरूले कार जडित चालक सहायता प्रणाली अटो पाइलटमा आंशिक त्रुटि भेट्टाएपछि सो सङ्ख्यामा कार फिर्ता बोलाउन लागिएको हो ।
अटो पाइलट प्रयोग भइरहेको समयमा कार दूघर्टनामा परेका घटनाहरूमाथि २ वर्षसम्म छानबिन र जाँचपड्ताल गरिएको थियो । यस क्रममा अटो पाइलटले काम नगरेको पाइयो । कम्पनीले सन् २०१५ मा अमेरिकामा अटो पाइलट फिचर लन्च गरेयता बेचेका सबै टेस्ला कारलाई फिर्ता बोलाउन लागेको हो ।
यो समस्या समाधानका लागि कम्पनीले सफ्टवेयर अपडेट गर्ने टेस्लाका मालिक एलन मस्कले भनेका छन् । अपडेट स्वतः हुने तर कार डिलर वा ग्यारेजमा ल्याउन जरुरी नभए पनि अमेरिकी नियामकहरूले कार फिर्ता नै बोलाउनु भनेकोले फिर्ता बोलाइएको बताइएको छ ।
अटो पाइलट स्टियरिङ, एक्सिलरेशन र ब्रेकमा सघाउनका लागि बनाइएको हो । अटो पाइलट अन हुँदा चालक कारभित्रै बसेर कारलाई चलाउनु पर्छ । टेस्लाका एक पूर्व कर्मचारीले अटो पाइलट फिचर सुरक्षित नभएको बीबीसीलाई बताएको एकहप्ता नबित्दै कार फिर्ता बोलाइने खबर आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
-
एकै दिन तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
-
भारतबाट थप ४ हजार भाइल ‘ कार्बोप्लाटिन’ औषधि आइपुग्दै
-
दिल्ली प्रदर्शनपछि कक्रोच जनता पार्टीविरुद्ध राष्ट्रविरोधी गतिविधिको आरोपमा उजुरी
-
अमेरिका–भारत सम्बन्ध : रणनीतिक साझेदारी कि लुप्त प्रतिद्वन्द्विता ?
-
रास्वपाको लक्ष्य मुलुकको सक्षम राजनीतिक शक्ति बन्ने हो : सभापति लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण