राष्ट्रिय अर्थतन्त्र बलियो बनाउन हस्तकला क्षेत्रको योगदान उल्लेखनीय छ : उद्योगमन्त्री रिजाल
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले निर्यात प्रवद्र्धन र आयात प्रतिस्थापन गरी मजबुत राष्ट्रिय अर्थतन्त्र बनाउन हस्तकला क्षेत्रको योगदान उल्लेखनीय रहेको बताएका छन् । बिहीवार काठमाडौँमा नेपाल हस्तकला महासंघले आयोजना गरेको २० औं हस्तकला व्यापार मेलामा बोल्दै उद्योग मन्त्री रिजालले यस्तो बताएका हुन् । उनले हस्तकला व्यवसायीहरुलाई सरकार सहयोग गर्न प्रतिवद्ध रहेको उल्लेख गरे ।
‘नेपाली हस्तकला क्षेत्रले हस्तकला बस्तुहरुको माध्यमबाट देशको कला र संस्कृतिको प्रतिनिधित्व गर्नुको साथै अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पहिचान एवम् गरिमालाई उच्च राख्न पुर्याएको योगदान प्रशंसनीय छ’ उनले भने, ‘हस्तकला क्षेत्रले नेपालको आर्थिक र समाजिक विकासको साथै रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । निर्यात प्रवद्र्धन तथा आयात प्रतिस्थापन गरी राष्ट्रिय अर्थतन्त्रलाई मजबुत बनाउनमा हस्तकला वस्तुहरुको उल्लेखनीय योगदान रहेको छ । सरकार हस्तकला उद्योग व्यवसायीहरुलाई सहयोग गर्न प्रतिवद्ध छ ।’
मन्त्री रिजालले हस्तकलाका वस्तुहरुले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पहिचान र गरिमालाई उच्च राख्ने काम गरेको बताए । उनले नेपाली हस्तकला क्षेत्रले हस्तकला वस्तुहरुको माध्यमबाट देशको कला र संस्कृतिको प्रतिनिधित्व गर्ने गरेको दाबी गरे ।
उनले भने, ‘नेपाल सरकारले हालै स्वीकृत गरिएको नेपाल व्यापार रणनीति २०८०ले हस्तकलाका सामग्रीहरुलाई उदयमान वस्तुहरु तथा भविष्यमा सम्भावना हुनसक्ने वस्तुको रुपमा सम्बोधन गरेको छ ।’
उनले सरकारले हालै स्वीकृत गरेको नेपाल व्यापार रणनीति २०८० ले हस्तकलाका सामग्रीहरुलाई भविष्यमा सम्भावना हुनसक्ने वस्तुको रुपमा सम्बोधन गरेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण