युवा नेतृत्व शक्तिबाट मधेसको विकास र समृद्धि सम्भवः मन्त्री सिंह
जनकपुरधाम । मधेस प्रदेशका सबै जिल्लामा यातायात व्यवस्था कार्यालय हुने भएको छ । बाराको कलैयाबाट यातायात सम्बन्धित सबै कार्य पूर्णतया संचालनमा आएको श्रम तथा यातायातमन्त्री चन्दनकुमार सिंहले जानकारी दिए । उनका अनुसार कलैयामा कार्यालय उदघाटन सम्पन्न भइसकेको छ ।
कलैया उपमहानगरपालिका वडा नम्बर ३ गङ्गापुर स्थित संचालनमा आएको यातायात व्यवस्था कार्यालयको उद्घाटन गर्दै यातायात मन्त्री सिंहले संघीयता मधेश र मधेशीको विकासको लागि रहेको भन्दै संघीयताबाट नै युवा नेतृत्व शक्तिबाट मधेशको विकास र समृद्धि सम्भव रहेको बताए ।
समाजको विसंगति, विकृत्तिलाई समाप्त पार्दै विकासको गतिमा लैजानु राजनीतिको मुख्य उद्देश्य रहेको र यो संघीयता भएमात्रै यो सम्भव हुने भन्दै मन्त्री सिंहले संघीयताको विरोध गर्नेहरुले संघीयताको मुलमर्म बुझ्नु आवश्यक रहेको बताए ।
यस्तै मन्त्री सिंहले प्रदेशमा अटोमेटिक ट्रयाल सेन्टर सञ्चालन गर्ने पनि बताएका छन् । केही दिन पहिले नयाँ दिल्लीस्थित अटोम्याटिक ट्रयाल सेन्टरको निरीक्षण गरेका उनले मधेसमा पनि अटोमेटिक ट्रयाल सेन्टर निर्माणमा लागिपर्ने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण