अमृतले सुरु गरे ‘भरोसा युवामा’को छायांकन
बिहीबार, २८ मङ्सिर २०८०, १६ : २६
काठमाडौँ । चेतनामुलक टेलिश्रृखला ‘भरोसा युवामा’ निर्माण सुरु भएको छ । अमृतमान महर्जनको निर्देशन रहने टेलिश्रृखलाको बुधबार ललितपुरको काफल डाँडाबाट छायांकन सुरु गरिएको हो ।
निर्देशक महर्जनकै कथा रहेको टेलिश्रृखलाको लेखन शंकर पोखरेलले गरेका हुन् । टेलिश्रृखलामा रामेश्वर हुमागाईको छायांकन रहनेछ ।
अञ्जु निरौला, पुष्कर राउत, मञ्जु श्रेष्ठ, आर.के मानन्धर, खिब बहादुर ध्वन सिंह भण्डारी, पबशाल बराल लगायतको अभिनय टेलिश्रृखलामा रहनेछ ।
टेलिश्रृखलाले अध्यायन तथा रोजगारीका लागि विदेशमा भौतारीने भन्दा पनि स्वदेशमै केही गर्न सन्देश दिने निर्देशक महर्जनले बताए । टेलिश्रृखला छिट्टै टेलिभिनबाट प्रसारण हुनेछ ।
निर्देशक महर्जनले यस अगाडि केही फिल्म तथा थुप्रै टेलिफिल्म निर्देशन गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित २५ जना पक्राउ
-
अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चित गर्न आग्रह
-
अर्थतन्त्रमा लघु, साना तथा मझौला उद्योगको योगदान ९९ प्रतिशत, प्राथमिकता दिन सांसद अनुष्का श्रेष्ठको जोड
-
एक वर्षमा २७४ जनामा डेङ्गु सङ्क्रमण
-
३० वर्षमाथिका सैनिकको टेस्टोस्टेरोन परीक्षण गर्दै अमेरिका
-
पुनः वार्ता सुरु गर्न अमेरिका–इरानलाई दबाब दिइरहेछ पाकिस्तान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण