पाकिस्तान विरुद्धकाे पहिलो टेस्ट : वार्नरको उत्कृष्ट शतकसँगै अस्ट्रेलिया विशाल योगफलतर्फ
काठमाडौँ । पाकिस्तानविरुद्धको पहिलो टेस्ट क्रिकेटको पहिलो दिन बिहीबार घरेलु टोली अस्ट्रेलियाले पाँच विकेट गुमाएर तीन सय ४६ रन बनाएको छ । पर्थमा जारी पहिलो टेस्टको पहिलो दिन ८४ ओभर मात्र खेल सम्भव भएको थियो ।
ओपनर ब्याट्सम्यान डेविड वार्नर लयमा देखिएपछि पहिलो पालीमा अस्ट्रेलियन टोली विशाल लक्ष्यतर्फ अगाडि बढेको हो । वार्नरले टोलीका लागि एकसय ६४ रनको योगदान गरे । लामो समय क्रिजमा संघर्ष गरेका वार्नरले दुई सय ११ बलमा चार छक्का र १६ चौका हिर्काएका थिए ।
उनी ७४.५ ओभरमा पाँचौँ विकेटका रूपमा पेभेलियन फर्किएका थिए । उनलाई पाकिस्तानी बलर आमिर जमालले ईमाम उल हकद्वारा क्याच गराएका थिए । वार्नर र उसमान ख्वाजाले ओपनिङ विकेटका लागि एक सय २६ रनको साझेदारी गरेका थिए ।
उसमान ख्वाजाले पनि टोलीका लागि ४१ रनको योगदान गरे । उनले ९८ बलको सामना गरी ६ चौका पनि हिर्काएका थिए । तेस्रो नम्बरका ब्याट्सम्यान मार्नर लाम्बुसेन भने १६ रनको ब्यक्तिगत स्कोरमै पेभेलियन फर्किएका थिए ।
चौथो नम्बरका क्रिज समाल्न आएका स्टिभन स्मिथले टोलीको खातामा ३१ रन थपे । उनले ६० बलको सामना गरी चार चौका पनि हिर्काए । ट्राभिस हेडले पनि टोलीका लागि ४० रनको योगदान गरे । उनले ५३ बलमा ६ चौका प्रहार गरे ।
पहिलो दिनको खेल सकिँदासम्म मिचेल मार्स अविजित १५ र विकेटकिपर ब्याट्सम्यान एलेक्स केरी अविजित १४ रन बनाउँदै क्रिजमा छन् । अस्ट्रेलियाले अतिरिक्त रूपमा पनि २५ रन पाएको छ । भ्रमणकारी टोलीका बलर जमालले दुई तथा साहिन शाह अफरिदी, खर्रम सहजाद र फाहिम असरफले एक–एक विकेट लिए । पहिलो टेस्टमा अस्ट्रेलियाले टस जिती पहिले ब्याटिङको निर्णय लिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण