मौलापुरको ४ गोठमा आगलागी, ५ चौपायाको जलेर मृत्यु, लाखौँको क्षति
रौतहट । रौतहटको मौलापुर नगरपालिकाको छुट्टाछुट्टै दुईवटा वडामा भएको आगलागीबाट चार वटा गोठ जलेर नष्ट भएको छ भने गोठमा रहेको ५ चौपायाको जलेर मृत्यु भएको छ। आगलागी बाट १४ लाख बढीको क्षति भएको बताइएको छ।
मौलापुर ६ पथरा बुधराम स्थित त्रिभुवन रामको गोठमा गए राति साढे १० बजे अचानक भएको आगलागी बाट गोठ पूर्ण रूपमा जलेर नष्ट भएको हो। गोठमा रहेको भैँसी र बाख्रा गरी ५ चौपायाको जलेर मृत्यु भएको घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख इन्स्पेक्टर कुशल बर्तौलाले जानकारी दिए । गाउँले र प्रहरी मिलेर आगलागी नियन्त्रणमा लिएको थियो।
त्यसैगरी मौलापुर ३ गम्हरियामा गए राति ११ बजे भएको आगलागीबाट तीनवटा गोठ जलेर नष्ट भएको छ।
मौलापुर नगर प्रमुख रिनाकुमारी साहले आगलागीको कारण पता लगाउन र पीडित परिवारलाई तत्काल सहयोग गर्न सम्बन्धित निकायलाई आग्रह गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण