रेफ्रीलाई मुक्का हान्ने क्लब अध्यक्षलाई आजीवन प्रतिबन्ध
अंकारा । रेफ्री हालिल उमुट मेलेरलाई मैदानमा मुक्का हान्ने एमकेई अंकारागुकुका अध्यक्ष फारुक कोकालाई स्थायीरुपमा प्रतिबन्ध गरिएको टर्किस फुटबल संघले जानकारी दिएको छ ।
टर्कीको शीर्ष लिगको खेलमा कायकुर रिजेस्पोरसँगको खेलमा टोली बराबरी रोकिएपछि अंकारागुकुका अध्यक्ष कोका मैदानमा प्रवेश गरेर मेलेरमाथि आक्रमण गरेका थिए । घटनाका सम्बन्धमा उनलाई पक्राउ गरिएको थियो । अंकारागुकुलाई २० लाख लिरा जरिवाना तोकिएको छ भने ५ वटा घरेलु मैदानमा हुने खेल समर्थकबिना खेल्नुपर्नेछ ।
सोमबारको यो घटनापछि लिगका खेलहरू स्थगित गरिएका थिए । संघले आगामी मंगलबारदेखि लिगका खेलहरू सुचारु गर्ने निर्णय पनि गरेको छ ।
उक्त घटनामा मेलेरमाथि अन्यले पनि आक्रमण गरेका थिए । उनको शरीरमा विभिन्न भागमा चोट लाग्नुका साथै सामान्य फ्रयाक्चरसमेत भएको थियो । उनको अस्पतालमा उपचार गरिएको थियो ।
३७ वर्षीय मेलेर टर्कीका शीर्ष रेफ्रीमध्ये एक हुन् । उनले फिफाका अन्तर्राष्ट्रिय खेलहरू पनि खेलाउँछन् भने यूईएफएका शीर्ष रेफ्रीहरुमध्ये पनि पर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी, पाल प्रथम
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण