इजरायल-गाजा युद्ध : मस्जिदमा यहुदी प्रार्थना गाउने इजरायली सैनिकहरूलाई ड्युटीबाट हटाइयो

गाजा । इजरायलले कब्जा गरेको जेनिन सहरको मस्जिदमा इजरायली सैनिकहरूले यहुदीहरूको प्रार्थना गरिरहेको भिडियो सार्वजनिक भएको छ।
भिडियोमा यी सैनिकहरूले जुत्ता लगाएका छन् र प्रार्थना हलमा देखिएका छन्। भिडियोमा यी सैनिकहरूलाई मस्जिदको माइक्रोफोनमा यहुदीहरूको प्रार्थना दोहोर्याउँदै गरेको देख्न सकिन्छ।
यस भिडियोको जवाफ दिँदै इजरायली सेनाले सैनिकहरूको व्यवहार गम्भीर र इजरायल रक्षा बलको मूल्यमान्यता विपरीत भएको बताएको छ। सेनाले भिडियोमा देखिएका सिपाहीलाई ड्युटीबाट हटाएको जनाएको छ ।
इजरायली सेनाले जेनिनको शरणार्थी शिविरमा खोजी अभियान चलाइरहेको छ । सेनाले खोजीका क्रममा दर्जनौं हतियार र विस्फोटक पदार्थ बनाउने प्रयोगशाला भेटिएको जनाएको छ । यसबाहेक सुरुङ पनि फेला परेको छ ।
यस कारबाहीका क्रममा १३ वर्षीय बालकसहित ११ प्यालेस्टिनी मारिएका छन् । ती बालकलाई अस्पताल पुग्न समेत नदिइएको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता