इजरायल-गाजा युद्ध : मस्जिदमा यहुदी प्रार्थना गाउने इजरायली सैनिकहरूलाई ड्युटीबाट हटाइयो
गाजा । इजरायलले कब्जा गरेको जेनिन सहरको मस्जिदमा इजरायली सैनिकहरूले यहुदीहरूको प्रार्थना गरिरहेको भिडियो सार्वजनिक भएको छ।
भिडियोमा यी सैनिकहरूले जुत्ता लगाएका छन् र प्रार्थना हलमा देखिएका छन्। भिडियोमा यी सैनिकहरूलाई मस्जिदको माइक्रोफोनमा यहुदीहरूको प्रार्थना दोहोर्याउँदै गरेको देख्न सकिन्छ।
यस भिडियोको जवाफ दिँदै इजरायली सेनाले सैनिकहरूको व्यवहार गम्भीर र इजरायल रक्षा बलको मूल्यमान्यता विपरीत भएको बताएको छ। सेनाले भिडियोमा देखिएका सिपाहीलाई ड्युटीबाट हटाएको जनाएको छ ।
इजरायली सेनाले जेनिनको शरणार्थी शिविरमा खोजी अभियान चलाइरहेको छ । सेनाले खोजीका क्रममा दर्जनौं हतियार र विस्फोटक पदार्थ बनाउने प्रयोगशाला भेटिएको जनाएको छ । यसबाहेक सुरुङ पनि फेला परेको छ ।
यस कारबाहीका क्रममा १३ वर्षीय बालकसहित ११ प्यालेस्टिनी मारिएका छन् । ती बालकलाई अस्पताल पुग्न समेत नदिइएको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण