आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

बालकृष्ण खाँणलाई अदालतपछि  सम्पत्ति शुद्धीकरण लगियो

शुक्रबार, २९ मङ्सिर २०८०, १३ : ५२
शुक्रबार, २९ मङ्सिर २०८०

काठमाडौँ । जिल्ला अदालतमा धरौटी बापतको बैंक ग्यारेन्टी बुझाएपछि पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको छ । केन्द्रीय कारागार प्रशासनले उनलाई पुल्चोकस्थित विभागमा उपस्थित गराएको हो ।   

बैंक ग्यारेन्टी बुझाएपछि जिल्ला अदालत काठमाडौँबाट उनलाई पुल्चोक लगिएको छ । खाँणलाई प्रदेश–३–०१–०२३ च ३७२६ नम्बरको निजी गाडी चढेर सम्पत्ति शुद्धीकरणमा उपस्थित भएका हुन् ।

सम्पत्ति शुद्धीकरणका महानिर्देशकले खाँणलाई साधारण तारेखमा छाड्ने वा धरौटी लिने भन्नेबारे निर्णय गर्नेछन् । त्यसपछि उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाउने तयारी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप