बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

सभापतिका कारण पार्टी चलायमान भएन भन्ने कुरामा कुनै सत्यता छैन : प्रवक्ता महत

शुक्रबार, २९ मङ्सिर २०८०, १६ : २४
शुक्रबार, २९ मङ्सिर २०८०

काठमाडौँ । अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी सभापति शेरबहादुर देउवाका कारण पार्टी चलायमान भएन भन्नेकुरामा कुनै सत्यता नभएको बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । 

प्रवक्ता महतले पार्टी सभापतिका कारण काम गर्न पाइनँ र कार्यक्रम कार्यान्वयन गर्न पाइएन भन्नेकुरामा कुनै सत्यता नरहेको जिकिर गरे । पार्टी सभापतिले सबैलाई स्वतन्त्र रुपमा काम गर्न दिएको उनको दाबी छ ।

प्रवक्ता महतले पार्टीका विभाग र भ्रातृ संगठनहरुले बिस्तारै पूर्णता पाइरहेको र क्रियाशील रहेको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप