मकवानपुरको दुई स्थानीय तहले तोक्यो कोदो, फापर र जुनेलोको मूल्य

हेटौंडा । मकवानपुरका दुई स्थानीय तहले रैथाने बालीको मूल्य निर्धारण गरेका छन् । मकवानपुरको भीमफेदी गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाले रैथाने बालीको न्यूनतम मूल्य निर्धारण गरेका हुन् ।
भीमफेदीले स्थानीय स्तरमा उत्पादित २ वटा बालीको मूल्य निर्धारण गरेको छ भने मकवानपुरगढीले ३ वटा बालीको मूल्य तोकेको छ । भीमफेदीको गत बिहीबार एक सूचना जारी गर्दै स्थानीय स्तरमा उत्पादित फापर र कोदोको मूल्य तोकेको हो । गाउँपालिकाको आर्थिक विकास समितिको बिहीबार नै बसेको बैठकको निर्णय अनुसार कोदो र फापरको न्यूनतम मूल्य निर्धारण गरिएको हो । जसअनुसार गाउँपालिका क्षेत्रमा उत्पादित रैथाने बाली कोदो ५५ रुपैयाँ किलो र फापर १०० रुपैयाँ किलोको दरले बिक्री गर्न भनिएको छ ।
त्यस्तै मकवानपुरगढी गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि विकास कार्यक्रमतर्फ उत्पादनमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम (रैथाने बाली) कार्यान्वयनको क्रममा बिहीबार बसेको आर्थिक विकास समितिको बैठकले फापर, कोदो र जुनेलोको मूल्य तोकेको हो । उक्त बैठकको निर्णयअनुसार प्रति किलो कोदोको ५४ रुपैयाँ, फापरको १०० रुपैयाँ र जुनेलोको ८४ रुपैयाँ मूल्य तोकिएको छ ।
गाउँपालिकामा रैथानेवाली खरिदकर्ताको रुपमा सूचीकृत कृषि सहकारी संस्था र कृषक समूहहरूले उत्पादक कृषकहरुबाट रैथानेवाली खरिद गर्दा न्यूनतम समर्थन मूल्यलाई आधार मानेर खरिद गर्न पनि गाउँपालिकाले सूचित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
९० को दशकसम्म नेतृत्व नछाड्ने ओली र प्रचण्डको सङ्केत
-
मेस्सी र स्वारेजको गोलसँगै इन्टर मियामीको सजिलो जित
-
को हुन् वारेन बफेटको अर्बौको साम्राज्य सम्हाल्ने ग्रेग आबेल ?
-
गीतकार अधिकारी 'इसा अन्तर्राष्ट्रिय अवार्ड'को टप २० मा छनौट
-
कुमा सागरले सकाए अस्ट्रेलिया टुर
-
काठमाडौँ वर्ल्ड स्कुल परीक्षा केन्द्रबाट कक्षा १२ को प्रश्न पत्र आउट भएपछि अनुसन्धान