पत्थर बन्ने रहर
मलाई पनि पूजनीय पात्र बन्ने रहर नभएको कहाँ हो र ?
धुप, बत्ती, अक्षता आदिले पूजिन मन नपर्ने कहाँ होर,
मानव बस्तीका घनघोर जङ्लका
काँडा जस्ता कुविचारीलाई भेटेपछि,
बल्ल पत्थर बन्न बाध्य भएको छ यो मन ।
अनायासै पत्थर बनेको होइन यो मन,
वर्षौंवर्षसम्म तिम्रा खोक्रा आवरणका वरिपरि घुम्दा
थाहा नपाउने म,
आज तिम्रो कुरूप मनको दर्शन गरेपछि
आत्मादेखि गरेको सम्मान तिमीलाई नपचेपछि
नै पत्थर बन्न बाध्य भयो यो मन ।
भो अब यो क्रुरताले भरिएको मानव बस्तीमा,
तिमीहरूको हातबाट पूजिनु छैन मलाई
बरु दुःखका कैयौँ छालसँग मिली टुक्रिनु नै स्वीकार्य छ र त पत्थर बन्न बाध्य छ यो मन ।
हे नकावधारी मानव बस्तीका क्रुर र स्वार्थी जमातहरू,
दुख पर्दा म रहेको मन्दिरको आगनमा घण्टी बजाई मूर्तिमा अश्रु वर्षात गराउँछौ,
जब म बाटोमा एक्लिएको पाउँछौ
लाख गुहार माग्दा पनि सजिलै टेकिदिन्छौ,
बिनासङ्कोच, बिनाहिच्किचाहट ।।
त्यसैले यो क्रुर र संवेदनाविहीन मानव बस्तीबाट टाढा,
त्यो विशाल प्रकृतिभित्रकै अपरिचित पत्थर बन्न राजी छ यो मन ।।
दोलखा, हाल : भक्तपुर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण