एउटा खुट्टा गुमाएर पनि छमछमी नाच्दै सीता
काठमाडौँ । १२ वर्षको उमेरमा सीता सुवेदीले क्यान्सरका कारण आफ्नो एउटा खुट्टा गुमाइन् । त्यतिबेला अब आफ्नो जीवन कसरी अघि बढाउने केही थाहा थिएन ।
_EXoB50yHns.jpg)
सानो बेलादेखि नाचमा निकै रुचि भएकी सुवेदीलाई सबैभन्दा दुःखको कुरा आफू फेरी नाच्न नपाउने भन्नेमा नै थियो । ‘ब्राह्मणको छोरीले नाच्नतिर रुचि देखाइ भनेर घरका कोही पनि खुसी हुनुहुन्थेन । नाच्नु र गाउनु भनेको बिग्रेको भन्ने सोच त्यो बेला समाजमा व्याप्त थियो त्यसैले पनि मलाई परिवारले त्यो समयमा मलाई नाच्न गाउनमा परिवारले खासै प्रेरणा दिनुहुन्थेन । २०५८ सालमा क्यान्सरको कारण खुट्टा काट्न परेपछि मलाई अब नाच्न पाउँछु कि नाइँ भन्ने पिर थियो,’ सुवेदीले रातोपाटीसँग भनिन् ।
_qPnNptdgJp.jpg)
एसएलसीपछि उनी आफ्नो पढाइलाई निरन्तरता दिन भरतपुर आइन् र वीरेन्द्र क्याम्पसमा स्नातक पढ्न सुरु गरिन् । अरू नै विषयमा पढाइ सुरु गरे पनि उनको मनमा नृत्य प्रतिको लगाव र मोह भने मरिसकेको थिएन । तर पनि समाजमा अपाङ्ग हुनुको कारण सामना गर्नुपर्ने दैनिक तिरस्कारले उनलाई सधैँ पछि पारिराख्यो ।
_daTI8nFiz3.jpg)
उनको जीवनमा गुरु धनबहादुर गोपाली एउटा यस्तो मोडमा आएर भेटिए जसका कारण उनले अहिले नयाँ परिचय पाएकी छिन् । एउटा खुट्टा नभए पनि शास्त्रीय नाचमा उनी अहिले पोख्त छिन् ।
_fkTkZOwgu6.jpg)
‘यहाँसम्म आउनको लागि मैले निकै हन्डर खाएँ । आफ्नै लगन र परिश्रमबाट मैले सन् २०१८ मा गोल्ड मेडल पनि पाएँ । म जस्तै अरूको लागि अहिले म उत्प्रेरणाको स्रोत बन्न सकेको छु,’ उनले भनिन् ।
_c2xHTZXK5F.jpg)
तर यहाँसम्म आउँदा उनले करिब आधा दर्जन गुरुहरूबाट नै अपहेलित भएकी थिइन् । सुरुवाती समयमा उनलाई केही गुरुले तालिम दिए पनि पछि भने ‘तिमी भोलदेखि नआऊ’ भन्ने सन्देश पाउँथिन् । कारण थियो शास्त्रीय सङ्गीतका लागि आवश्यक हुने ३२ गुण थियो जुन उनले पुरा गर्न सकेकी थिइनन् ।
_vaZN4uSWxj.jpg)
गोपाली गुरुले उनलाई गायन सिकाउँदाको समयमा उनले सीताको चाल हेरेर “नानी तँलाई नाच्न पनि आउँछ जस्तो छ । एकपटक कोशिस गरि हेर् ।” भनेपछि उनमा पुनः पुरानो उर्जा सञ्चित हुन थाल्यो ।
_QV7ddsvmS1.jpg)
यही बिचमा उनले गुरु रवि रानामगरलाई भेटिन्, जसले उनलाई शास्त्रीय नाचको बाटोमा डोर्याइरहेका छन् । तर एक खुट्टाको सहाराले नाच्न उनलाई सहज भने छैन । यसमा उनका रवि गुरुले भने निकै मेहनत गरेका छन् । ‘मैले उहाँलाई कसरी सजिलो हुन्छ र उहाँले कसरी सिक्न सक्नुहुन्छ भन्ने कुरालाई ध्यानमा राखेर सबै स्टेपहरु सिकाउँछु र सीता आफैँमा पनि नाचको लागि भोक भएको र बलियो आत्मबल भएको मानिस भएका कारण नै सिक्न र सिकाउन सजिलो भएको थियो,’ रानामगरले रातोपाटीलाई भने ।
_6Cn5W2qRQA.jpg)
अहिले पनि सीता र रवि गुरु नियमित जसो नाच प्रशिक्षणका लागि कलानिधि इन्दिरा सङ्गीत महाविद्यालय पुग्ने गर्छन् । गुरुले तालीको माध्यमबाट दिएको ताललाई समातेर उनी एक खुट्टामा विभिन्न मुद्रामा नाच प्रस्तुत गर्छिन् ।
_Yvz49kttQB.jpg)
‘यही क्लास हो जहाँ मैले मेरा समकक्षीबाट अपहेलना खेपेको छु । उहाँहरूले मलाई मेरो शारीरिक अवस्थाका कारण किन यहाँ आएको जस्ता टिप्पणी गर्नुहुन्थ्यो तर पनि म त्यस्ता कुराले कहिल्यै विचलित भइनँ । अहिले म कहाँ छु र उहाँहरू कहाँ हुनुहुन्छ त्यही कुराले उहाँहरूको त्यस समयको प्रश्नको उत्तर दिएको छ,’ सीताले भनिन् ।
_fsNrnsoKpK.jpg)
_76lwfQet8D.jpg)
_hHMSfTV57F.jpg)
_jEsE1Uc5S4.jpg)
_iQGSST4hTL.jpg)
_O3Th6aFcTT.jpg)
_7FJOl3m7WE.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण