समाचार एजेन्सी आइएएनएस अब अदानी समूहको
शनिबार, ३० मङ्सिर २०८०, १४ : ५०
नयाँ दिल्ली । अर्बपति व्यापारी गौतम अदानीको अदानी समूहले समाचार एजेन्सी आइएएनएसको ५० प्रतिशतभन्दा बढी शेयर खरिद गर्ने घोषणा गरेको छ । समाचार एजेन्सी पीटीआईले अदानी इन्टरप्राइजेजलाई उद्धृत गर्दै यो जानकारी दिएको हो।
‘एएमजी मिडिया नेटवर्कस् लिमिटेडले आईएएनएस मिडिया प्राइभेट लिमिटेडको इक्विटी शेयरमा ५०.५० प्रतिशत सेयर अधिग्रहण गरेको छ," अदानी इन्टरप्राइजेजले भनेको छ । तर, अदानी समूहले यो सम्झौताको रकम भने सार्वजनिक गरेको छैन ।
यो समूहले गत वर्ष मार्चमा क्वीनटिलियन बिजनेस मिडिया खरिद गरेको थियो। त्यसपछि डिसेम्बरमा प्रख्यात न्यूज च्यानल एनडीटीभीको ६५ प्रतिशत सेयर किनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण