सिम्राैनगढ घटनाको विरोधमा पूर्व-पश्चिम राजमार्ग बन्द
बारा । बाराको सिम्रौनगढ नगरपालिकामा एक युवकको मृत्यु भएको विषयलाई लिएर पूर्वपश्चिम राजमार्गको निजगढ खण्ड बन्द गरिएको छ । शिक्षक कर्मचारीहरूले आफ्नो तलब माग गर्दै हडतालका क्रममा बुधवार प्रहरीको गोली लागि सिम्रौनगढ नगरपालिका-१ का २५ वर्षका लक्ष्मी मुखियाको मृत्यु भएको थियो ।
नेपाली काँग्रेस क्षेत्र नं १ को आयोजनामा शनिबार चक्का जाम गरिएको हो । शिक्षक कर्मचारीहरूले आफ्नो तलब माग गर्दै शान्तिपूर्ण हडतालमा प्रहरीले बल प्रयोग गरी हत्या भएको घटनामा २४ घण्टा बिते पनि माग सम्बोधन नभएपछि पूर्व-पश्चिम राजमार्गको निजगढमा टायर बालेर चक्काजाम गरिएको पार्टीले जनाएको छ।

शनिबार बिहानदेखि सुरु भएको राजमार्ग अवरुद्ध कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र सिम्रौनगढका नगरप्रमुख किशोरी प्रसाद कलवारको पुत्ला दहन तथा राजीनामाको माग गरेका छन्। ।
सिम्रौनगढ नगरपालिकाका स्थायी कर्मचारीहरूले विगत ६ महिना देखिको र अस्थायी तथा ज्यालादारी कर्मचारीले १४ महिनादेखि तलब सुविधा पाएका छैनन् । लामो समयदेखि सुरु भएको आन्दोलनले गर्दा नगर अस्पताल बन्द छ भने सामुदायिक विद्यालयको पठनपाठन समेत ठप्प भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामेछापमा राहदानी वितरण ३ दिनका लागि सेवा बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
-
सुकुमबासीको व्यवस्थापनमा राज्य असक्षम देखियो : सचेतक धिताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण