वीरगञ्जमा साँढेको प्रतिमा तोडफोड गरेको आरोपमा ६ जना पक्राउ
पर्सा । वीरगन्ज महानगरपालिकाले स्थापना गरेको साँढेको प्रतिमा तोडफोड गरेको आरोपमा शनिवार प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कृष्ण चौरसिया,पवन श्रीवास्तव,राजन महतो ,सौरभ पटेल ,राकेश उपाध्याय र सागर साह कानु रहेका छन् । उनीहरुलाई वडा प्रहरी कार्यालय श्रीपुरमा राखिएको छ ।
वीरगन्ज महानगरपालिका २१ परवानीपुरमा स्थापना गरिएको साँढेको प्रतिमाप्रति स्थानीयवासीले सुरुदेखि नै असहमति प्रकट गर्दै आएका थिए । स्रोतका अनुसार महानगरले प्रतिमा हटाउने आश्वासन दिएको भए पनि लामो समय बित्दा समेत प्रतिमा नहटाइएपछि स्थानीयले प्रतिमा तोडफोड गरी हटाएका हुन् । वीरगन्ज महानगरले सौन्दर्यकरणको नाममा विभिन्न जनावरहरुको प्रतिमा लगाएको छ ।
यसअघि जनमत पार्टीले के आवश्यकताका कारण ती प्रतिमा लगाइयो र त्यसले वीरगन्ज महानगरलाई फाइदा के हुन्छ ? भन्ने विषयमा सार्वजनिक बहस पनि चलाएको थियो । जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले सामाजिक सञ्जालमार्फत तानाशाही चल्दैन बजेट दुरुपयोग गर्न पाइँदैन भन्दै खबरदारी गरेका छन् । उनले पक्राउ गरिएकाहरुलाई तत्काल रिहा गर्न माग गरेका छन् ।
यस्तै वीरगन्ज महानगरपालिका वडा नं २० का वडाध्यक्ष रामकिशोर सिंह “पराग”ले पनि आफनो सामाजिक सञ्जालमार्फत पक्राउ गरिएका युवाहरूलाई सम्झाई बुझाई रिहा गर्न अनुरोध गरेका छन् । उनले महानगरलाई धरातल र आवश्यकता नबुझी यस्ता काम नगर्न सुझाएका छन् ।
उनले सबै कामको भुक्तानी भएको र अब काम हुँदै गरेको लेखेर आर्थिक अनुशासनहीनतालाई पनि सङ्केत गरेका छन् । साँढेको प्रतिमा कसले तोडफोड गरेको भन्ने विषयमा आइतबार थाहा हुने उपप्रमुख ईम्तियाज आलमले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामेछापमा राहदानी वितरण ३ दिनका लागि सेवा बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
-
सुकुमबासीको व्यवस्थापनमा राज्य असक्षम देखियो : सचेतक धिताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण