सिजी मोबाइल्सले ल्यायो स्मार्टफोन ओमेगा ८
काठमाडौं– चौधरी इलेक्ट्रोनिक्सको सहायक कम्पनी, सजी मोबाइल्स प्रालिले ओमेगा सिरिजमा नयाँ आकर्षण थप गर्दै ओमेगा ८ स्मार्टफोन ल्याएको छ ।
यो स्मार्टफोन २.५डी कभ्र्ड ग्लास, एन्ड्रोयड नगेट ७.० अपरेटिंग सिस्टमका साथमा छ । जसमा ५.५ इन्चका एचडी– आईपीएस डिस्प्ले रहेको छ ।
यसको डिस्प्ले १८ः९ रेसियो फूल भ्यू डिस्प्ले रहेको छ । फोटोग्राफीका लागि यसमा रहेको उत्कृष्ट क्यामरामध्ये मुख्य क्यामरा १३ मेगापिक्सेलको छ भने उत्कृष्ट सेल्फी खिच्नका लागि ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ ।
फोनमा १.३ गीगाहर्जको क्वाडकोर प्रोसेसरका साथमा २ जीबी र्यामले फोनमा गेम खेल्न तथा विभिन्न एप्स चलाउन सहज बनाउँदछ ।
फोनमा रहेको १६ जीबीको आन्तरिक स्टोरेज (रोम)मा प्रयोगकर्ताहरुले आफूले चाहेअनुसारको डाटा स्टोरेज गर्न तथा एप्स डाउनलोड गर्न सुविधा दिन्छ जसलाई माइक्रो एसडी कार्डको सहयोगले १२८ जीबीसम्म थप गर्न सकिन्छ ।
फोनमा ३,००० एमएएचको ब्याट्री ब्याकअप रहेको छ । जीपीएस सपोर्ट गर्ने ओमेगा ८ मा जी सेन्सर, फिंगरप्रिन्ट सेन्सर, प्रोक्सिमिटि सेन्सर र लाइट सेन्सर रहेको छ ।
फोनको बाहिरी आवरण हेर्दा निकै आकर्षक देखिन्छ जुन स्टेट अफ आर्टमा आधारित रहेको छ जसलाई १८ः९ फूल भ्यू डिस्प्लेले थप सुन्दर बनाएको छ । यसका साथै फोनमा फोरजी नेटवर्क कम्प्याटिबल, गूगल प्रमाणित सफ्टवेयर र फिंगरप्रिन्ट स्मार्ट लक लगायतका विशेषताहरु छन् । ओमेगा ८ स्मार्टफोन १२ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुत्केरीलाई प्रसूति बिदा ६ महिना पुर्याउने प्रस्ताव
-
सुनसरी घटनामा संयमता र सामाजिक सद्भाव कायम राख्न गगन थापाको अपिल
-
गोपालमान श्रेष्ठको निधनप्रति पूर्णबहादुर खड्काद्वारा दुःख व्यक्त
-
१० बजे १० समाचार : सुनसरीमा सद्भावका लागि अपिल, अस्पतालमा पनि आन्दोलन
-
सुनसरीका यी क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू (सूचनासहित)
-
कर्णालीमा मुख्यमन्त्री नियुक्त, अन्यमा कसरी हुँदै छ एमाले र नेकपाबिच ‘पावर सेयरिङ’ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण