शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

मन्त्री रिजाल र क्यानाडाका राजदूत म्याकेबिच भेटवार्ता,  द्विपक्षीय सम्बन्धका विषयमा छलफल

आइतबार, ०१ पुस २०८०, १५ : २८
आइतबार, ०१ पुस २०८०

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल र नेपालका लागि क्यानाडाका गैरआवासीय राजदूत क्यामेरोन डिन म्याकेले शिष्टाचार भेटवार्ता भएको छ । मन्त्रालयमा आइतबार भएको भेटमा नेपाल र क्यानडाबिच द्विपक्षीय मैत्रीपूर्ण सम्बन्धका विविध विषयमा छलफल भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ ।

भेटमा मन्त्री रिजालले पाँच दशक लामो दुई पक्षीय कूटनीतिक सम्बन्ध सौहार्दपूर्ण रहेको बताउँदै क्यानडाबाट नेपालमा गैरसरकारी संस्थामार्फत कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा विकास सहायता प्राप्त भईरहेको बताए । त्यसैगरी, मन्त्री रिजालले क्यानेडाली विकास सहायता परिचालनमा नेपाललाई थप प्राथमिकता प्राप्त हुने अपेक्षा रहेको समेत स्पष्ट पारे । 

क्यानडा नेपालको प्रमुख व्यापार साझेदारको रुपमा रहेको समेत मन्त्री रिजालले स्मरण गराए । क्यानडाले नेपाल लगायतका विकासशील तथा अति कम विकसित मुलुकलाई सामान्य ग्राह्यता प्रणालीमार्फत सहुलियतपूर्ण बजार पहुँचको सुविधा प्रदान गर्दै आएको उनको भनाई छ । 

भेटमा राजदूत म्याकेले अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा हुने स्तरोन्नतिपछि समेत नेपालले हाल प्राप्त गरिरहेको सहुलियतपूर्ण बजार पहुँचलाई केही वर्षसम्म निरन्तरता दिने पहल गर्ने बताए । 

यस विषयलाई नेपाल र क्यानडाबिचको द्विपक्षीय परामर्श संयन्त्रको आगामी बैठकको प्रमुख एजेण्डाको रुपमा राख्न राजदूत म्याकेले सुझाव दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप