मन्त्री रिजाल र क्यानाडाका राजदूत म्याकेबिच भेटवार्ता, द्विपक्षीय सम्बन्धका विषयमा छलफल
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल र नेपालका लागि क्यानाडाका गैरआवासीय राजदूत क्यामेरोन डिन म्याकेले शिष्टाचार भेटवार्ता भएको छ । मन्त्रालयमा आइतबार भएको भेटमा नेपाल र क्यानडाबिच द्विपक्षीय मैत्रीपूर्ण सम्बन्धका विविध विषयमा छलफल भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ ।
भेटमा मन्त्री रिजालले पाँच दशक लामो दुई पक्षीय कूटनीतिक सम्बन्ध सौहार्दपूर्ण रहेको बताउँदै क्यानडाबाट नेपालमा गैरसरकारी संस्थामार्फत कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा विकास सहायता प्राप्त भईरहेको बताए । त्यसैगरी, मन्त्री रिजालले क्यानेडाली विकास सहायता परिचालनमा नेपाललाई थप प्राथमिकता प्राप्त हुने अपेक्षा रहेको समेत स्पष्ट पारे ।
क्यानडा नेपालको प्रमुख व्यापार साझेदारको रुपमा रहेको समेत मन्त्री रिजालले स्मरण गराए । क्यानडाले नेपाल लगायतका विकासशील तथा अति कम विकसित मुलुकलाई सामान्य ग्राह्यता प्रणालीमार्फत सहुलियतपूर्ण बजार पहुँचको सुविधा प्रदान गर्दै आएको उनको भनाई छ ।
भेटमा राजदूत म्याकेले अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा हुने स्तरोन्नतिपछि समेत नेपालले हाल प्राप्त गरिरहेको सहुलियतपूर्ण बजार पहुँचलाई केही वर्षसम्म निरन्तरता दिने पहल गर्ने बताए ।
यस विषयलाई नेपाल र क्यानडाबिचको द्विपक्षीय परामर्श संयन्त्रको आगामी बैठकको प्रमुख एजेण्डाको रुपमा राख्न राजदूत म्याकेले सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण