बिना तयारीका आयोजनाहरुको ठेक्का प्रक्रिया अगाडि बढाउँदैनौँः मन्त्री ज्वाला
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले विना तयारीका आयोजनाहरु ठेक्का प्रक्रिया सरकारले अगाडि नबढाउने बताएका छन् ।
आइतवार राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति बैठकमा बोल्दै भौतिक मन्त्री ज्वालाले पूर्वतयारी विना आयोजनाहरुको ठेक्का लगाउँदा आयोजनाहरु समयमा नै सम्पन्न नहुने तथा सरकारलाई बढी भार पर्ने गरेको बताए । मन्त्रालयले आगामी दिनमा विना तयारीका आयोजनाहरु ठेक्का प्रक्रिया अगाडि नबढाउने उनको भनाइ थियो ।
मन्त्री ज्वालाले विगतका सरकारले पूर्वतयारी विना आयोजनाहरुको ठेक्का लगाउँदा वर्तमान सरकारले पुरानै आयोजनाहरुको भार बोक्न बाध्य रहेको आरोप लगाए । उनले आयोजनाहरुको तयारी विना टेण्डरपछि समस्या आउने र आयोजनाहरुको समय लामो हुने गरेको भन्दै विना पूर्वतयारीका आयोजनाहरु टेण्डर प्रक्रियामा नै नलैजाने जिकिर गरे ।
मन्त्री ज्वालाले बहुवर्षिय ठेक्का मापदण्डअनुसार आयोजनाहरुको ठेक्का लाग्न इआइए,आइएइ र डिपिआर पूरा हुन आवश्यक रहेको बताए ।
उनले भने, ,‘पहिला नै सबै कुराको तयारी गरेर निर्माणको कामलाई अगाडि बढाउनुपर्छ । आयोजनाहरु पूर्वतयारी गरे मात्रै अगाडि लैजाने हो । अहिले पुरानै आयोजनाहरुको भार बोक्नुपरेको छ । आयोजनाहरुको तयारी विना टेण्डर गरिदिने दिँदा पछि समस्या आउने र आयोजनाहरुको समय लम्बिने समस्या छ । यो हिजोदेखिको समस्या हो । तर अहिले सरकारले बिना पूर्वतयारीका आयोजनाहरु टेण्डर प्रक्रियामा लैजाँदैनौं ।’
उनले आयोजनाहरुको रकामान्तर, भुक्तानी र समन्वयको समस्याबाट भौतिक पूर्वाधार मन्त्रालय पीडित रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण