बेलबारीको मागप्रति प्रधानमन्त्री सकारात्मक
मोरङ । प्रदेश प्रहरी अस्पताललाई बेलबारीमै पुनः स्थापनाको माग गर्दै मोरङका सर्वदलीय नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
गत फागुन १० गते मोरङको बेलबारीमा स्थापना भएको कोशी प्रदेश प्रहरी अस्पताल मंसिर २६ गते मध्यरातमा सुनसरीको इनरुवा लगाएपछि स्थानीय आन्दोलित बनेका हुन् ।
इनरुवामा सारिएपछि उक्त प्रदेश प्रहरी अस्पताललाई पुनः बेलबारीमा स्थापित गराउन माग गर्दै आइतबार संघीय राजधानी काठमाडौँ पुगेका मोरङका राजनीतिक दलका नेतासँगै युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बू पनि प्रधानमन्त्री समक्ष पुगेका छन् ।
बेलबारीका मेयर दिल प्रसाद राई, उपमेयर नितु तथा कोइराला, राष्ट्रियसभा सदस्य विना पोख्रेल, कोशी प्रदेश सांसद ज्ञानेन्द्र सुवेदी, मान बहादुर लिम्बू, गीता तिम्सिना, नेपाली कांग्रेस बेलबारीका सभापति छत्र लिम्बू, नेकपा एमाले मोरङका सचिवालय सदस्य इरान राई, नेकपा माओवादी केन्द्रका नेता सावित्री कुमार काफ्ले, तिलक प्रसाद राई, नेकपा माओवादी केन्द्र बेलबारीका अध्यक्ष परशुराम सुवेदी र नेपाली कांग्रेस महासमिति सदस्य महेन्द्र सुवेदी, कांग्रेस नेता डिल्लीराम गिरी लगायतले प्रधानमन्त्री प्रचण्डलाई प्रदेश प्रहरी अस्पताल पुनः बेलबारीमै स्थापित गराउन माग गरेका छन् ।
भेटवार्ता सकारात्मक र उपलब्धि मूलक बनेको कांग्रेस बेलबारीका सभापति छत्र लिम्बूले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण