बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

बेलबारीको मागप्रति प्रधानमन्त्री सकारात्मक

आइतबार, ०१ पुस २०८०, १८ : ३३
आइतबार, ०१ पुस २०८०

मोरङ । प्रदेश प्रहरी अस्पताललाई बेलबारीमै पुनः स्थापनाको माग गर्दै मोरङका सर्वदलीय नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । 

गत फागुन १० गते मोरङको बेलबारीमा स्थापना भएको कोशी प्रदेश प्रहरी अस्पताल मंसिर २६ गते मध्यरातमा सुनसरीको इनरुवा लगाएपछि स्थानीय आन्दोलित बनेका हुन् । 

इनरुवामा सारिएपछि उक्त प्रदेश प्रहरी अस्पताललाई पुनः बेलबारीमा स्थापित गराउन माग गर्दै आइतबार संघीय राजधानी काठमाडौँ पुगेका मोरङका राजनीतिक दलका नेतासँगै युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बू पनि प्रधानमन्त्री समक्ष पुगेका छन् । 

बेलबारीका मेयर दिल प्रसाद राई, उपमेयर नितु तथा कोइराला, राष्ट्रियसभा सदस्य विना पोख्रेल, कोशी प्रदेश सांसद ज्ञानेन्द्र सुवेदी, मान बहादुर लिम्बू, गीता तिम्सिना, नेपाली कांग्रेस बेलबारीका सभापति छत्र लिम्बू, नेकपा एमाले मोरङका सचिवालय सदस्य इरान राई, नेकपा माओवादी केन्द्रका नेता सावित्री कुमार काफ्ले, तिलक प्रसाद राई, नेकपा माओवादी केन्द्र बेलबारीका अध्यक्ष परशुराम सुवेदी र नेपाली कांग्रेस महासमिति सदस्य महेन्द्र सुवेदी, कांग्रेस नेता डिल्लीराम गिरी लगायतले प्रधानमन्त्री प्रचण्डलाई प्रदेश प्रहरी अस्पताल पुनः बेलबारीमै स्थापित गराउन माग गरेका छन् । 

भेटवार्ता सकारात्मक र उपलब्धि मूलक बनेको  कांग्रेस बेलबारीका सभापति छत्र लिम्बूले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप