बारामा १३ कट्ठा जग्गाको गाँजाखेती नष्ट
आइतबार, ०१ पुस २०८०, २० : ५८

बारा । बारा प्रहरीले एक बिगाह १३ कट्ठा जग्गामा अवैध रुपमा गरिएको गाँजाखेती नष्ट गरेको छ । नेपाल सरकारद्वारा प्रतिबन्धित गाँजाखेती प्रहरीले आज जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको टोलीले उक्त क्षेत्रफलमा गरिएको गाँजाखेती नष्ट गरेको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले राससलाई जानकारी दिए ।
गाँजाखेतीमा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास गरी कानुनबमोजिम कारबाही गरिने उनले बताए । निजगढ नगरपालिका–११ रतनपुरस्थित २ कट्ठा, सोही वडाको बिचटोलको एक कट्ठा र वडा नं १३ डम्मरपुरको एक बिगाह १० कट्ठामा गरिएको गाँजाखेती पनि नष्ट गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यूरोडमा बालेनसँग विवादको प्रभाव : काठमाडौँका अधिकांश सडकबाट हात झिक्दै ‘सवि’
-
चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा ...
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन
-
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
-
तीन वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा