बारामा १३ कट्ठा जग्गाको गाँजाखेती नष्ट
आइतबार, ०१ पुस २०८०, २० : ५८
बारा । बारा प्रहरीले एक बिगाह १३ कट्ठा जग्गामा अवैध रुपमा गरिएको गाँजाखेती नष्ट गरेको छ । नेपाल सरकारद्वारा प्रतिबन्धित गाँजाखेती प्रहरीले आज जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको टोलीले उक्त क्षेत्रफलमा गरिएको गाँजाखेती नष्ट गरेको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले राससलाई जानकारी दिए ।
गाँजाखेतीमा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास गरी कानुनबमोजिम कारबाही गरिने उनले बताए । निजगढ नगरपालिका–११ रतनपुरस्थित २ कट्ठा, सोही वडाको बिचटोलको एक कट्ठा र वडा नं १३ डम्मरपुरको एक बिगाह १० कट्ठामा गरिएको गाँजाखेती पनि नष्ट गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण