शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम विश्वविद्यालयमा आन्तरिक पदपूर्तिका लागि दरखास्त आह्वान , कुन पदमा कति ?

सोमबार, ०२ पुस २०८०, ०७ : ५८
सोमबार, ०२ पुस २०८०

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगको कार्यालयले  स्थायी समायोजनका लागि दरखास्त आह्वान गरेकाे छ । सेवा आयोगले सोमबार एक सूचना जारी गर्दै विभिन्न पदमा ६४ का लागि दरखास्त आह्वान गरेको हो ।

 कैलाली बहुमुखी क्याम्पसका शिक्षक तथा कर्मचारीहरु मध्ये स्थायी पदमा रहेकाहरुकाे  सुदूरपश्चिम विश्वविद्यालयमा संकाय, विषय र पदहरुमा विशेष आन्तरिक प्रतियाेगिता पदपूर्तिका (स्थायी समायोजन)का लागि आयोगले ७ प्राध्यापक, २३ सह–प्राध्यापकमा, २२ उपप्राध्यापक र १२ जना प्रशासनतर्फ कर्मचारी मागेको छ ।

पुस २ देखि माघ ७ गतेसम्म आवेदन दिन सकिने जनाइएको छ । दोब्बर दस्तुर तिरेर माघ १४ गतेसम्म आवेदन दिन सकिने छ ।

sup

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप