सुदूरपश्चिम विश्वविद्यालयमा आन्तरिक पदपूर्तिका लागि दरखास्त आह्वान , कुन पदमा कति ?
सोमबार, ०२ पुस २०८०, ०७ : ५८
काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगको कार्यालयले स्थायी समायोजनका लागि दरखास्त आह्वान गरेकाे छ । सेवा आयोगले सोमबार एक सूचना जारी गर्दै विभिन्न पदमा ६४ का लागि दरखास्त आह्वान गरेको हो ।
कैलाली बहुमुखी क्याम्पसका शिक्षक तथा कर्मचारीहरु मध्ये स्थायी पदमा रहेकाहरुकाे सुदूरपश्चिम विश्वविद्यालयमा संकाय, विषय र पदहरुमा विशेष आन्तरिक प्रतियाेगिता पदपूर्तिका (स्थायी समायोजन)का लागि आयोगले ७ प्राध्यापक, २३ सह–प्राध्यापकमा, २२ उपप्राध्यापक र १२ जना प्रशासनतर्फ कर्मचारी मागेको छ ।
पुस २ देखि माघ ७ गतेसम्म आवेदन दिन सकिने जनाइएको छ । दोब्बर दस्तुर तिरेर माघ १४ गतेसम्म आवेदन दिन सकिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण