एनआरएनएमा मनोनयनबारे असन्तुष्टि, क–कसलाई गरियो मनोनयन ?
काठमाडौँ । डा बद्री केसी नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) सदस्यका साथै सल्लाहकार पदमा मनोनयन गरेको छ । गत ११ औँ महाधिवेशनमा धाँधलीको विवादपछि दुई समूहमा विभाजित एनआरएनएमा केसीले आफ्नो समूहमा समेत पर्याप्त छलफलबिनै मनोनयन गरेको भन्दै त्यहाँ पनि असन्तुष्टि बढेको एक अभियन्ताले बताए ।
आइतबार भर्चुअल माध्यमबाट बसेको पदाधिकारी बैठकमा केही पदाधिकारीहरूको असन्तुष्टिका बिच केसी र महासचिव गौरीराज जोशीले प्रस्ताव ल्याएर पारित गराइएको थियो । बैठकमा महासचिव जोशीले प्रस्ताव ल्याउने बित्तिकै केही पदाधिकारीले यसबारे पर्याप्त छलफल हुनुपर्ने भन्दै ‘नोट अफ डिसेन्ट’ नै राखेका छन् । तर, सो कुराको सुनुवाइ नगरी प्रस्ताव पारित गर्ने काम गरिएको छ ।
केसीको मनोनयनमा पर्नेमा आईसीसी सदस्यतर्फ तारानाथ बोहरा एमडी (युएई), अर्जुन गुरुङ (बेल्जियम), डा मुकुन्द बाँस्तोला (युके), सरस्वती केसी (युके), शान्ति अर्याल अधिकारी (पोर्चुगल), सम्राट थापा (क्यानाडा), रविन बज्राचार्य (अमेरिका), मनिता ढुंगाना (अमेरिका) छन् । यसैगरी ईश्वरी भट्ट (अमेरिका), भुवन आचार्य (अमेरिका), विनोद भट्ट (अमेरिका), डा अन्जु खरेल (अमेरिका), र हेमन्त काफ्ले (अष्ट्रेलिया) मनोनीत भएका छन् ।
यसैगरी चिरन शर्मा (युके), पूर्णनाथ घिमिरे (अष्ट्रेलिया), रामप्रसाद घिमिरे (अष्ट्रेलिया), बाबुराम भण्डारी –जापान), सरिता ढकाल (जापान), ज्योति शर्मा (इजराइल), डा सञ्जु पौडेल (कोरिया) र विनेश तामाङ पनि मनोनीतको सूचीमा छन् ।
यस्तै, सल्लाहकारमा अतुल कोइराला, देवी बस्नेत, प्रीतम श्रेष्ठ, ओम गुरुङ, चिरन्जीबी ढकाल, रमेश पाण्डे, नारायण काफ्ले, दिनेश जोशी, सूर्य गुरुङ, भैरव ढकाल रहेका छन् ।
यसैगरी गोविन्द गौतम, टेकराज निरौला, हिराधन राई, संजय थापा, शिव वरुवाल, टिबी कार्की, कलममणी गुरागाई, होमनाथ शर्मा , रमेश पाण्डे, सञ्जीव सापकोटा, यमुना भट्टराई र रमेश थापा पनि रहेका छन् । मनोनीत कतिपय पदाधिकारीहरूका आफन्त र नातागोतासमेत रहेको बताइएको छ। त्यसले थप असन्तुष्टि बढाएको बताइएको छ ।
केसीको कार्यशैलीको विरोधमा अर्को कमिटी बनाएका अध्यक्ष आरके शर्माले भने केसीको कार्यशैली धाँधलीको अर्को रुप भएको प्रतिक्रिया दिए । केसी पक्षलाई एनआरएनएका अभियन्ताहरूले नै नपत्याएको दाबी गर्दै उनले मनोनीत गर्ने मान्छे समेत नहुँदा आफन्त र नातागोतामा सीमित भएको बताए ।
उनले केसीले विधानको रटान लिँदै अरूलाई कारबाहीको धम्की दिए पनि आफू भने मिच्नमा माहिर रहेको बताउँदै १४ इन्चको घेराबाट उनी उम्किन नसकेको बताए ।
केसीले धाँधली गरेको प्रमाण विस्तारै खुल्दै गएको भन्दै शर्माले आफूहरूले न्याय पाउनेमा विश्वस्त रहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
-
रास्वपा नवलपुरको सभापतिमा भण्डारी
-
बागमती प्रदेशमा ७०१ दरबन्दी कटौती गर्ने तयारी
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
-
नेपाल टेलिकमद्वारा फिफा विश्वकप २०२६ का लागि विशेष 'टिभी प्याकेज' र अफर सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण