एनआईसी एशिया लघुवित्तको स्वतन्त्र सञ्चालकमा गौतम नियुक्त
काठमाडौँ । एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा सरिता गौतम नियुक्त भएकी छन् । आइतबार साँझ बसेकोे सञ्चालक समितिको बैठकले संस्थामा रिक्त रहेकोस्वतन्त्र सञ्चालक पदमा नागार्जुन–०२, काठमाडौँ निवासी गौतमलाई नियुक्त गरिएको हो ।
नवनियुक्त स्वतन्त्र सञ्चालक सरिता गौतमले प्रचलित कानून तथा नियमानुसार संस्थाका अध्यक्ष सन्तोष कुमार राठी समक्ष शपथ ग्रहण गरी पद बहाल गरेकी छन् । करिब १० वर्षको विभिन्न क्षेत्रहरुमा कार्यानुभव रहेकी गौतम नेपाल धितोपत्र बोर्डको विभिन्न विभागमा अधिकृत तहमा समेत कार्यरत थिइन् ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसेले उच्चतम अनुभव प्राप्त व्यक्तिलाई १९५औँ सञ्चालक समितिको बैठकले संस्थाको स्वतन्त्र सञ्चालकमा नियुक्त गरेकोमा खुशी प्रकट गर्दै स्वागत गरे । साथै, नवनियुक्त स्वतन्त्र सञ्चालकको कार्य अनुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्त वित्तीय संस्थाहरु माझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रुपमा स्थापित गराउन अझै सहयोग पुग्ने संस्थाको विश्वास रहेको समेत जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण