भीड व्यवस्थापनका लागि काठमाडौँ जिल्ला अदालतमा टोकन प्रणाली सुरु
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले टोकन प्रणाली सुरुवात गरेको छ । सोमवारबाट जिल्ला अदालत काठमाडौँले अदालतलाई व्यवस्थित र सेवाग्राहीलाई सहज सेवाका लागि टोकन प्रणालीको सुरुवात गरेको जनाएको हो ।
टोकन प्रणालीको सुरुवात गरेसँगै सञ्चारकर्मीहरूसँग कुरा गर्दै काठमाडौँ जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष अधिवक्ता रामचन्द्र पौडेलले अदालतमा आउने सेवाग्राहीले सेवा लिँदा भीड नहोस् भनेर टोकन प्रणालीको सुरुवात गरेको बताए । उनले काठमाडौँ जिल्ला अदालतलाई प्रविधिमैत्री अदालत बनाउनुपर्छ योजनाअनुसार आफूहरू अघि बढेको बताए ।
उनले भने, ‘काठमाडौँ जिल्ला अदालतलाई व्यवस्थित र सहजीकरण होस् भनेर, सेवा लिने दिने क्रममा भीड नहोस् भनेर काठमाडौँ जिल्ला अदालतमा टोकन प्रणाली सुरु भएको छ । काठमाडौँ जिल्ला अदालतलाई प्रविधिमैत्री अदालत बनाउनुपर्छ भन्ने कन्सेप्टमा हामी अघि बढेका छौँ । न्याय प्राप्तिका लागि काठमाडौँ अदालत प्रवेश गर्दै गर्दा कम्तीमा सहज ढङ्गबाट न्याय प्राप्तिका लागि यो पहल गरिएको हो ।’
उनले प्रविधिमैत्री अदालत नबनेसम्म नागरिक र सेवाग्राहीले न्याय नपाउने बताए । उनले अबबाट उभिएर सेवा लिनुपर्ने असहजता नहुने बताए ।
जिल्लाका मुख्य न्यायाधीश कृष्णप्रसाद सुवेदीले अदालत प्रशासन पनि बिस्तारै प्रविधिमैत्री बन्न थालेको बताए । सुरुवाती चरणमा फिराद शाखाबाट टोकन प्रणाली सुरु भए पनि बिस्तारै सबै शाखामा टोकन प्रणाली लागू गरिने न्यायाधीश सुवेदीले बताए ।
अहिले धेरै भीड हुने फिराद शाखामा फिराद दर्ताका लागि लामो समय लाइनमा बस्नुपर्ने थियो । अब टोकन लिएपछि आफ्नो पालो कुरेर बस्ने र पालो आएपछि काउन्टरमा गएर काम गर्न सकिने न्यायाधीश सुवेदीले बताए । टोकनको सुरुवात भएपछि उभिएर लाइनमा बस्नुपर्ने दिनको अन्त्य भएको सुवेदीले बताए ।
फिराद शाखाका टोकन प्रणाली सुरु भएसँगै यसले कानुन व्यवसायी र सेवाग्राहीलाई धेरै सहज हुने काठमाडौँ जिल्ला अदालत बारका अध्यक्ष आरसी विमलले बताए । पहिले लामो समय लाइनमा बस्नुपर्ने समस्या रहेकामा अब टोकन लिएर फारम भर्ने र अन्य शाखामा कुनै काम भएमा पनि त्यो काम गर्न सकिने अवस्था आएको बताए ।
काठमाडौँ जिल्ला बारका अध्यक्ष आरसी विमलले भने, ‘टोकन प्रणाली सुरु भएपछि अब धेरै कुरामा सहजता हुन्छ । अदालत प्रविधिमैत्री हुँदा हामी कानुन व्यवसायी र सेवाग्राहीलाई पनि सहजता हुन्छ । लामो समय लाइनमा बस्नुपर्ने समस्याबाट मुक्ति मिलेको छ । अब बिस्तारै अन्य शाखामा पनि टोकन प्रणाली सुरु हुने अपेक्षा गरेका छौँ । प्रविधिमैत्री र सेवाग्राही मैत्री बनाउन अदालतलाई काठमाडौँ जिल्ला बारले पनि सहयोग गर्नेछ ।’
देशैभरका अदालतमध्ये सबैभन्दा बढी मुद्दाको चाप रहेको काठमाडौँ जिल्ला अदालतमा दैनिक २ हजारभन्दा बढी सेवाग्राही र कानुन व्यवसायीको आवतजावत र कामकाज हुने गरेको काठमाडौँ जिल्ला अदालत बारका अध्यक्ष आरसी विमलले बताए । टोकन प्रणालीसँगै अब सेवामा सहजता हुने उनको विश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण