‘मेरो इजलासमा पहिले म नेपाल हेर्छु’
काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि न्याय परिषद्बाट सिफारिस भएका न्यायाधीश सुनिल पोखरेलले हार्ने पक्षको चित्त बुझाउन गाह्रो भएको बताएका छन् । सोमबार जारी संसदीय सुनुवाइका क्रममा सांसदहरूको प्रश्नको जवाफ दिँदै पोखरेलले सो कुरा बताएका हुन् ।
पोखरेलले आफ्नो हातबाट अन्याय हुन नदिने प्रतिबद्धता जनाए । उनले भने, ‘हार्ने मान्छेले पनि चित्त बझाउँछ भने त्यो न्याय हो । तर, जित्ने व्यक्ति पनि सन्तुष्ट भएन भएन भने त्यो न्याय होइन ।’
न्यायाधीश पोखरेलले कानुन व्यवसायीलाई भ्याटमा जानुपर्ने बाध्यताले पछिल्लो समय न्याय महँगो भएको जिकिर गरे । उनले भने, ‘त्यो भ्याट पनि सेवाग्राहीबाटै उठाउने हो । अदालत भन्सार होइन, किन धेरै शुल्क लिनुपर्छ र ?,’ उनले भने, ‘न्याय महँगो हुनुको कारण समय महँगो हुनु हो ।’
उनले विभिन्न कारणले न्याय दिन ढिलाइ भइरहेको स्वीकार गरे । ‘म्याद तामेलका कारण पनि ढिलाइ हुन्छ । कुनै न कुनै बाटोबाट हाम्रा मुद्दा सर्वोच्च पुग्छन् । त्यही भएर पनि न्याय पाउन ढिला हुन्छ ।’
पोखरेलले आफ्नो इजलासमा पहिलो नेपाललाई हेर्ने पनि प्रतिबद्धता जनाए । ‘त्यसपछि सरकार र नागरिक छ भने म नागरिकतर्फ लोयल हुन्छु,’ उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण