कति खतरनाक हो कोभिड–१९ को नयाँ सबभेरिएन्ट ?
काठमाडौँ । छिमेकी मुलुक भारतमा कोभिड–१९ को नयाँ सबभेरिएन्ट जेएन.१ को सङ्क्रमण फेला परेको छ । केरलमा ७८ वर्षीया महिलामा पहिलोपटक यसको सङ्क्रमण पुष्टि भएको हो ।
केरलमा हाल १ हजार ३२४ जना सक्रिय सङ्क्रमित रहेका छन् । शनिबार कोभिड-१९ को सङ्क्रमणबाट चार जनाको मृत्यु भएको थियो । सङ्क्रमितमध्ये कति जनामा नयाँ सबभेरिएन्टको सङ्क्रमण रहेको छ भन्ने चाहिँ पत्ता लागेको छैन किनभने यसका लागि जिनोम सिक्वेन्सिङ नै गर्नुपर्ने हुन्छ । केरल प्रशासनले सङ्क्रमितको सङ्ख्या बढे पनि नअत्तालिन आग्रह गरेको छ ।
जेएन.१ ओमिक्रोनको सबभेरियन्ट बीए.२.८६ को उपप्रजाति हो । यसको स्पाइक प्रोटिनमा थप म्युटेसन भएकाका कारण स्वास्थ्य संस्थाहरू अलर्ट बनेका छन् । यो सब भेरिएन्ट सन् २०२३ को सेप्टेम्बरमा अमेरिकामा पुष्टि भएको थियो । त्यसपछि डिसेम्बर १५ मा चीनमा पनि ७ जनामा यस सबभेरिएन्टको सङ्क्रमण फेला परेको थियो ।
अन्तर्राष्ट्रिय मिडियाका अनुसार हालसम्म ३८ वटा देशमा यस सबभेरिएन्टबाट सङ्क्रमित फेला परेका छन् । जेएन.१ सबभेरिएन्टकै सङ्क्रमणका कारण ती देशहरूका अस्पतालमा स्वास्थ्य परीक्षणमा आउने बिरामीहरूको सङ्ख्या बढेको बताइएको छ ।
अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार बीए.२.८६ मा स्पाइक प्रोटिनमा कूल २० वटा म्युटेसन रहेका छन् । स्वास्थ्य संस्थाहरूले बीए.२.८६ र जे.एन.ज्ञ बिचको स्पाइक प्रोटिनमा एउटामात्र म्युटेसन रहेको बताएका छन् । यस म्युटेसनलाई चिन्ताजनक मानिएको छ किनभने भाइरसले स्पाइक प्रोटिनको मद्दतले मानिसको कोषमा टाँसिने गर्दछ ।
भारतको नेसनल इन्डियन मेडिकल एसोसिएसन कोभिड टास्क फोर्सका सह–अध्यक्ष राजीव जयदेवनले जेएन.१ भेरिएन्टको सङ्क्रमण चाँडो फैलिने र मानिसको प्रतिरोधात्मक क्षमतालाई पनि छल्न सक्ने बताए । यसअघिको एक्सबीबी र भाइरसका अन्य प्रकारभन्दा यो फरक रहेकाले सङ्क्रमित भइसकेका र कोभिड–१९ विरुद्धको खोप लगाइसकेकालाई समेत यसले सङ्क्रमित बनाउन सक्छ ।
यो भेरिएन्ट सङ्क्रामक भए पनि यसका लक्षणहरू मध्यम खालको रहेको अस्पताल नै भर्ना हुनुपर्ने अवस्था न्यून हुने डाक्टरहरूले बताएका छन् । यसका लक्षणहरूमा ज्वरो आउने, नाक बग्ने, घाँटी खस्रो हुने, टाउको दुख्ने, खोकी लाग्ने र ग्यास्ट्रोइन्टेस्टाइनाल समस्याहरू देखिने रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण