भारतमा कोभिडको नयाँ भेरिएन्ट फेला, चार जनाको मृत्यु

केरला । केरला प्रशासनले राज्यमा कोभिडका बढ्दो केसहरूबाट नडराउन मानिसहरूलाई अपिल गरेको छ । राज्यमा कोभिड-१९ को जेएन.१ भेरिएन्टका केसहरू बढ्दै गएका छन् । यस प्रकारको सङ्क्रमण चीन र अमेरिकामा पनि भेटिएको छ ।
केरलामा हाल कोभिड-१९ का १,३२४ सक्रिय केसहरू छन् । सङ्क्रमणका कारण शनिबार चार जनाको मृत्यु भएको छ ।
राज्यमा परीक्षण दर उच्च भएकाले सङ्क्रमण बढ्दै गएको अधिकारीहरूले बताएका छन् । यद्यपि, जेएन.१ भेरिएन्टका कति केसहरू छन् भन्ने कुरा थाहा छैन किनभने त्यहाँ धेरै थोरै नमुनाहरू छन् जसको जिनोम अनुक्रमण गरिएको छ । नयाँ भेरिएन्टहरू थाहा पाउने यो एक मात्र तरिका हो ।
राज्यका स्वास्थ्यमन्त्री वीणा जर्जले आम जनताले चिन्ता लिनुपर्ने अवस्था नरहेको र स्थिति नियन्त्रणमा रहेको बताइन् । अधिकारीहरूले यो महिनाको सुरुमा केरलामा जेएन.१ सब-भ्यारिएन्टको सङ्क्रमण देखा परेको बताए। हल्का इन्फ्लुएन्जा भएकी ७९ वर्षीया महिलामा सुरुमा यो सङ्क्रमण भेटिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय विभेद र छुवाछूतविरुद्धको अभियानमा एक ढिक्का भएर लाग्न जरुरी: सभामुख
-
आज निर्दोष बालबालिकामाथि अत्याचारविरुद्धको दिवस
-
‘कर्मचारी खेलकुद प्रतियोगिता’ हुने
-
अन्नपूर्ण क्षेत्रमा आउने विदेशी पर्यटकको सङ्ख्यामा बर्सेनि वृद्धि
-
महिनावारी नहुनु वा ढिलाइ हुनुका आठ कारण
-
मुस्ताङका चार पालिका ‘पूर्ण खोप सुनिश्चितता’