रियललाई उछिन्दै जिरोना शीर्ष स्थानमा
मङ्गलबार, ०३ पुस २०८०, ०९ : १७
मड्रिड । यस सिजनको ‘सर्प्राइज प्याकेज’ जिरोनाले आलाभेसलाई हराउँदै स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । सोमबार राति भएको खेलमा जिरोना ३–० गोलले विजयी बनेको हो ।
खेलको २३ औँ मिनेटमा अर्टेम डोभबिकले गोल गर्दै जिरोनालाई अग्रता दिलाए । पोर्टुले ४२ औँ मिनेटमा टोलीको अग्रता दोब्बर बनाए । दोस्रो हाफमा डोभबिकले पेनाल्टीबाट अर्को गोल थप्दै टोलीलाई सहज जित दिलाए । युक्रेनी स्ट्राइकरको सिजनमा यो १० औँ गोल थियो ।
जीतसँगै जिरोनाले रियल मड्रिडलाई उछिन्दै अङ्क तालिकामा शीर्ष स्थानमा पुगेको छ । जिरोनाको १७ खेलबाट ४४ अङ्क छ । रियलको ४२ अङ्क रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण