आइसल्याण्डमा ज्वालामुखी विस्फोट
मङ्गलबार, ०३ पुस २०८०, ०९ : ३३
आइसल्याण्ड । हप्तौँको भूकम्पीय गतिविधिपछि दक्षिण पश्चिम आइसल्याण्डको रेकजानेस प्रायद्वीपमा ज्वालामुखी विस्फोट भएको छ । यसअघि ग्रिनडाभिकका ४ हजार बासिन्दालाई स्थानान्तरण गरिएको थियो ।
बीबीसीका अनुसार उक्त सहरको उत्तरतर्फ स्थानीय समयअनुसार सोमबार १०ः१७ बजेदेखि ज्वालामुखी विस्फोट हुन सुरु भएको थियो । गत अक्टोबरको अन्त्यदेखि राजधानी रेकजाभिकमा भूकम्पीय गतिविधिहरू महसुस हुँदै आएको थियो ।
सामाजिक सञ्जालमा साझा गरिएका तस्बिर र भिडियोमा ज्वालामुखीबाट लाभाहरु निस्किरहेको देख्न सकिन्छ । मेट अफिसका अनुसार ज्वालामुखीको जमिनमा परेको प्वाल करिब ३।५ किलोमिटर लामो रहेको छ । त्यहाँबाट १०० देखि २०० क्युबिक मिटर प्रतिसेकेन्डको दरमा लाभा निस्किरहेको छ । कार्यालयका अनुसार पछिल्लो समयको यो सबैभन्दा ठुलो विस्फोट हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण