अब अर्थपूर्ण फिल्म मात्र खेल्छु : प्रियंका
काठमाडौँ । अभिनेत्री प्रियंका कार्कीले अबको दिनमा आफू अर्थपूर्ण फिल्म मात्र रोज्ने बताएकी छन् । उनले रातोपाटीसँग कुरा गर्दै पहिले जस्तो जुन पायो त्यही फिल्म अभिनय गर्ने सोच आफूबाट हटेको समेत सुनाइन् ।
‘अहिलेसम्मको अभिनयमा धेरै थरी फिल्म गरियो । अव सोचेरै जे पायो त्यही फिल्म नगर्ने निर्णयमा पुगेकी छु’, प्रियंकाले भनिन् ‘अहिले म जीवनको ए फेजमा पुगेको छु । आफूलाई मनपर्ने फिल्म पनि आफै सहभागी समेत भएर मात्र गर्छु ।’ उनले अहिले दुई फिल्म अभिनयको तयारीमा रहेको र त्यो दुबै फिल्म निर्माण आफ्नो प्रोडक्सन हाउस समेत सहभागी भएको समेत खुलाइन् । ‘२०२४ मा मेरो दुई फिल्म दिने प्लान छ । यी फिल्मको स्क्रिटदेखि सबै क्रियाकलापमा म सहभागी भइरहेकी छु’ उनले थपिन् ।
प्रियंकाको गत वर्ष रिलिज ‘फुलबारी’पछि कुनै फिल्म आएको छैन । उनी पछिल्लो समय कमेडी रियालटी शो ‘मुन्द्रे कमेडी क्लब’मा अध्यक्षको रूपमा व्यस्त छिन् । त्यसको अलावा उनी म्युजिक भिडियो समेत अभिनय गरिरहेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण