आईपीएल अक्सन : दिल्लीले चार करोडमा किन्यो ह्यारी ब्रुकलाई
काठमाडौँ । आगामी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको अक्सन (खेलाडी खरिद प्रक्रिया) मा इङ्ल्यान्डका ह्यारी ब्रुकलाई दिल्ली क्यापिटल्सले खरिद गरेको छ । उनलाई दिल्लीले चार करोड भारतीय रुपैयाँ खरिद गरेको हो ।
इङ्ल्यान्डको राष्ट्रिय टोलीका प्रभावशाली ब्याट्सम्यान हुन्, ब्रुक । २४ वर्षीय यी दायाँहाते ब्याट्सम्यान आक्रामक ब्याटिङका लागि चर्चित छन् । ब्रुक खास गरी मध्यक्रममा ब्याटिङ गर्न आउँछन् । उनले हालसम्म देशका लागि २७ वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् ।
टी–२० अन्तर्राष्ट्रियमा उनको स्ट्राइक रेट १४५.०८ हो । उनले टी–२० अन्तर्राष्ट्रियमा कुल पाँच सय ३१ रन बनाएका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनको उत्कृष्ट प्रदर्शन भने अविजित ८१ रन हो । टी–२० मात्र होइन, एकदिवसीय अन्तर्राष्ट्रिय र टेस्ट क्रिकेटमा समेत उनलाई आक्रामक ब्याट्सम्यानका रूपमा चिनिन्छ । उनले यसअघि पनि आईपीएल खेलिसकेका छन् ।
ब्रुकले पछिल्लो पटक सनराइजर्स हैदराबादबाट आईपीएल खेलेका थिए । पछिल्लो आईपीएलमा हैदराबादले उनका लागि १३ करोड २५ लाख भारतीय रुपैयाँ खर्चिएको थियो । तर, पछिल्लो आईपीएलमा हैदराबादको प्रतिकुल स्वभावको पिचका कारण उनले ११ खेलमा एक सय ९० रनमात्र बनाउन सकेका थिए । यसपटक आईपीएलको अक्सनमा उनी सेट–१ मा परेका थिए । उनको न्यूनतम मूल्य दुई करोड भारतीय रुपैयाँ ताकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
-
भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
-
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण