सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

आईपीएल अक्सन : दिल्लीले चार करोडमा किन्यो ह्यारी ब्रुकलाई

मङ्गलबार, ०३ पुस २०८०, १४ : २६
मङ्गलबार, ०३ पुस २०८०

काठमाडौँ । आगामी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको अक्सन (खेलाडी खरिद प्रक्रिया) मा इङ्ल्यान्डका ह्यारी ब्रुकलाई दिल्ली क्यापिटल्सले खरिद गरेको छ । उनलाई दिल्लीले चार करोड भारतीय रुपैयाँ खरिद गरेको हो ।

इङ्ल्यान्डको राष्ट्रिय टोलीका प्रभावशाली ब्याट्सम्यान हुन्, ब्रुक । २४ वर्षीय यी दायाँहाते ब्याट्सम्यान आक्रामक ब्याटिङका लागि चर्चित छन् । ब्रुक खास गरी मध्यक्रममा ब्याटिङ गर्न आउँछन् । उनले हालसम्म देशका लागि २७ वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् ।

टी–२० अन्तर्राष्ट्रियमा उनको स्ट्राइक रेट १४५.०८ हो । उनले टी–२० अन्तर्राष्ट्रियमा कुल पाँच सय ३१ रन बनाएका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनको उत्कृष्ट प्रदर्शन भने अविजित ८१ रन हो । टी–२० मात्र होइन, एकदिवसीय अन्तर्राष्ट्रिय र टेस्ट क्रिकेटमा समेत उनलाई आक्रामक ब्याट्सम्यानका रूपमा चिनिन्छ । उनले यसअघि पनि आईपीएल खेलिसकेका छन् ।

ब्रुकले पछिल्लो पटक सनराइजर्स हैदराबादबाट आईपीएल खेलेका थिए । पछिल्लो आईपीएलमा हैदराबादले उनका लागि १३ करोड २५ लाख भारतीय रुपैयाँ खर्चिएको थियो । तर, पछिल्लो आईपीएलमा हैदराबादको प्रतिकुल स्वभावको पिचका कारण उनले ११ खेलमा एक सय ९० रनमात्र बनाउन सकेका थिए । यसपटक आईपीएलको अक्सनमा उनी सेट–१ मा परेका थिए । उनको न्यूनतम मूल्य दुई करोड भारतीय रुपैयाँ ताकिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप