शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

मधेसका मुख्यमन्त्रीको गुनासो–पार्टी निकटकै पत्रकारले संघीयताबारे समाचार लेखेनन्

मङ्गलबार, ०३ पुस २०८०, १८ : २४
मङ्गलबार, ०३ पुस २०८०

काठमाडौँ । जनता समाजवादी पार्टीका केन्द्रीय नेता तथा  मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नै पार्टी निकटका पत्रकारले संघीयता सम्बन्धी समाचार नलेखेको गुनासो गरेका छन् ।

जसपा निकट प्रेस मञ्च नेपाल मधेस प्रदेश समितिले आयोजना गरेको तीन दिवसीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री यादवले आफू संघीय सरकारसँग संघीयताका लागि लडी रहेपनि आफ्नै पत्रकारले त्यसबारेमा समाचार नलेखेको गुनासो गरेका हुन् ।

उनले भने, ‘तपाईहरुसँग मेरो एउटा मात्र आग्रह छ कि यतिका सञ्चारकर्मी हामीसँग हुँदा हुँदै पनि संघीयताको विषयमा कहिल्यै कुनै न्युज लेखेको छैन । जो समाचार आउँछ प्रदेश सरकारकै विरुद्धमा आउँछन् । योभन्दा पहिले पनि यस्तै थियो, अहिले पनि त्यस्तै छ ।’

यसअघिका सरकारले पनि अरू प्रदेशभन्दा राम्रा काम गरेको भन्दै उनले कुनै पनि पत्रकारले प्रचार नगरेको गुनासो गरे ।  

मुख्यमन्त्री यादवले एनसिएल काण्डमा जति पैसा खाएका छन् त्यति प्रदेश सरकारको बजेट पनि नरहेको बताए । उनले यसबारेमा पनि कसैले समाचार नलेखेको गुनासो गरे । मधेस सरकारलाई गाली गरिरहेको गुनासो गर्दै उनले यसमा दुःख लागेको बताए । 

मुख्यमन्त्री यादवले अहिलेको सबैभन्दा आवश्यक संघीयता बचाउनु रहेको भन्दै जसपाले मात्र बचाउन नसक्ने दाबी गरे । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूसँग संघीताको पक्षमा कोही नरहेको बताएको जानकारी दिए ।  प्रधानमन्त्री प्रचण्डले आफूसँग मिडिया एक्टिभ गरेमात्रै संघीयता बाँच्ने बताएको जानकारी दिए । उनले पुस १३ गते सात वटै प्रदेशका मुख्यमन्त्रीको बैठकपछि पुनः प्रधानमन्त्रीलाई भेटेर अल्टिमेटसहितको ज्ञापनपत्र बुझाउने बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप