नाडाको भावी अध्यक्षमा करण चौधरी, गोल्छालाई अर्कोपटक सहयोग गर्ने सहमति
काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालीको भावी अध्यक्ष व्यवसायी करण चौधरी बन्ने भएका छन् । प्रतिस्पर्धी आकाश गोल्छा र प्रकाश कपुरीले आफ्नो अडानबाट पछि हट्दै अन्ततः चौधरीलाई समर्थन गर्ने निर्णय गरेसँगै उनी सर्वसम्मत हुने भएका हुन् ।
लामो प्रयासपछि मंगलबार साझ बसेको पूर्व अध्यक्षहरु समेत बैठकले सहमति गराउन सफल भएको नाडाका अध्यक्ष डा।ध्रुव थापाले रातोपाटीलाई जानकारी दिए । अर्को पटक अध्यक्षमा व्यवसायी आकाश गोल्छालाई सहयोग गर्नेगरी सहमति जुटेको समेत थापाले बताए ।
यसैगरी अध्यक्षका अर्का आकांक्षी प्रकाश कपुरीलाई समेत कार्यसमितिमा नै समेट्नेगरी सहमति जुटेको उनको भनाइ छ । नाडाको अन्य पदाधिकारीमा भने सहमति जुटेको छैन।
यसअघि चौधरी अध्यक्ष ध्रुव थापासँग पराजित भएका थिए । नाडाको ४७ औँ वार्षिक साधारण सभासहितको अधिवेशन पुस २० र २१ गतेलाई तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण