शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

नाडाको भावी अध्यक्षमा करण चौधरी, गोल्छालाई अर्कोपटक सहयोग गर्ने सहमति

मङ्गलबार, ०३ पुस २०८०, १८ : ५३
मङ्गलबार, ०३ पुस २०८०

काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालीको भावी अध्यक्ष व्यवसायी करण चौधरी बन्ने भएका छन् । प्रतिस्पर्धी आकाश गोल्छा र प्रकाश कपुरीले आफ्नो अडानबाट पछि हट्दै अन्ततः चौधरीलाई समर्थन गर्ने निर्णय गरेसँगै उनी सर्वसम्मत हुने भएका हुन् ।

लामो प्रयासपछि मंगलबार साझ बसेको पूर्व अध्यक्षहरु समेत बैठकले सहमति गराउन सफल भएको नाडाका अध्यक्ष डा।ध्रुव थापाले रातोपाटीलाई जानकारी दिए । अर्को पटक अध्यक्षमा व्यवसायी आकाश गोल्छालाई सहयोग गर्नेगरी सहमति जुटेको समेत थापाले बताए ।

यसैगरी अध्यक्षका अर्का आकांक्षी प्रकाश कपुरीलाई समेत कार्यसमितिमा नै समेट्नेगरी सहमति जुटेको उनको भनाइ छ । नाडाको अन्य पदाधिकारीमा भने सहमति जुटेको छैन। 

यसअघि चौधरी अध्यक्ष ध्रुव थापासँग पराजित भएका थिए । नाडाको ४७ औँ वार्षिक साधारण सभासहितको अधिवेशन पुस २० र २१ गतेलाई तोकिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप