कानमा इयरफोन लगाएर लोक सेवाको परीक्षा दिनेलाई २ वर्षका लागि प्रतिबन्ध
काठमाडौँ । लोक सेवा आयोगले परीक्षामा अमर्यादित क्रियाकलाप गरेको भन्दै तीन जना परीक्षार्थीलाई कारबाही गरेको छ । आयोगले विभिन्न पदका लागि लिएको लिखित परीक्षामा अमर्यादित क्रियाकलाप गरेको भन्दै तीन जनाको परीक्षा रद्द गरेको हो ।
परीक्षा रद्द गर्दै आगामी २ वर्षसम्मका लागि आयोगले लिने कुनै पनि परीक्षा दिन नपाउने सम्मको कारबाही गरेको छ । काठमाडौँमा लिइएको अमिनको परीक्षामा दाहिने कानमा इयरफोन लगाई मोबाइलबाट सम्पर्क गरी उत्तर लेखेको भन्दै रुकुम पश्चिमका दीपक नेपालीलाई कारबाही गरेको छ । उनलाई आयोगले लिने कुनै पनि परीक्षामा २ वर्षसम्म उम्मेदवार हुन नपाउने गरी रोक लगाएको हो ।
त्यस्तै जलेश्वरबाट खरिदार पदका उम्मेदवार विनोद बाबु शर्माको समेत परीक्षा रद्ध गरेको छ । उनले उत्तर पुस्तिकामा सहयोगी लेखक र उम्मेदवार दुवैले उत्तर लेखेको भन्दै आयोगले परीक्षा रद्द गरेको हो ।
त्यस्तै महेन्द्रनगरबाट दिवाकर सापकोटालाई सहायक केन्द्राध्यक्ष र निरीक्षकले खाली पाना कलमले काट्नु भनेकोमा उत्तर पुस्तिकाको खाली पाना च्यातेको भन्दै परीक्षा रद्द गरेको आयोगले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण