एडभान्स बुकिङमा सालारले डंकीलाई उछिन्यो
हैदरावाद । दक्षिण भारतीय सुपरस्टार प्रभासको फिल्म सालार आगामी डिसेम्बर २२ रिलिज हुँदैछ । त्यसैको एक दिनअघि अर्थात् डिसेम्बर २१ मा शाहरुख खानको फिल्म डंकी रिलिज हुँदैछ । दुवै फिल्मको एडभान्स बुकिङ सुरु भइसकेको छ । यसअघि एडभान्स बुकिङमा डंकीले सालारलाई उछिनेको थियो । तर अब भने सालारले २ करोड ४० लाख भारुभन्दा धेरै कमाएर एडभान्स बुकिङमा डंकीलाई पछाडि पारेको छ ।
डंकीको तुलनामा सालारलाई कम शोज दिइएको छ । अहिलेसम्म एडभान्स बुकिङबाट सालारले १२ करोड ६७ लाख भारु कमाएको छ । ६ हजार ४३९ शोजका लागि फिल्मको ५ लाख ७७ हजार ४०६ ओटा टिकट बिकेको छ । अर्कोतर्फ १२ हजार ६०८ शोजका लागि डंकीको ३ लाख ६० हजार ५०८ ओटा मात्रै टिकट बिक्री भएको छ । डंकीको एडभान्स बुकिङ १० करोड २६ लाख भारु छ ।
तेलुगु बेल्टका दर्शकहरू सालारका लागि निकै उत्साहित देखिन्छन् । फिल्मको तेलुगु संस्करणको लागि अहिलेसम्म ३ लाख ८२ हजार ६१७ ओटा टिकट बिक्री भएको छ । डंकीका लागि भने हिन्दी बेल्टमा दर्शकहरू बढी उत्साहित देखिएका छन् ।
सालारसँग डंकीको स्क्रिन शेयर नहुने
डंकीको टिमले फिल्म वितरकहरूलाई सालारको साथमा स्क्रिन शेयर गर्न नचाहेको बताएका छन् । हलमा चारैओटा शोज पाइएन भने एउटा शो पनि नचाहिने उनीहरुको अडान छ । शाहरुखको जवान र पठान जस्तैगरी डंकीको पनि सबै भाषामा डब गरेर रिलिज नगरिने बताइएको छ । सालार भने तेलुगु, तमिल, हिन्दी, मलयालम र कन्नड भाषामा रिलिज हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमी शैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण