रोहित शर्माले क्लब नछाडने मुम्बई इन्डियन्सको दाबी, अरु खेलाडीले के गर्लान् ?
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)को अक्सन सकिएलगत्तै बुधबारदेखि आईपीएलमा ‘ट्रेडिङ विन्डो’ खुला गरिएको छ । ‘ट्रेडिङ विन्डो’ खुला भएपछि मुम्बई इन्डियन्सका केही प्रभावशाली खेलाडी अन्य क्लबमा आबद्ध हुने चर्चा सुरु भएको छ ।
मुम्बई इन्डियन्सले रोहित शर्मालाई कप्तानबाट हटाएर हार्दिक पाण्डेयालाई नयाँ कप्तान बनाएपछि टोलीभित्र असहज स्थिति देखिएको छ । मुम्बई इन्डियन्सका सिनियर खेलाडीहरु नै क्लबको उक्त निर्णयबाट रुष्ट बनेको समाचारहरुमा दाबी गरिएको छ ।
रोहित शर्मालाई कप्तानबाट हटाएपछि सूर्यकुमार यादब, जसप्रित बुमराह, ईशान किशनलगायतका खेलाडी क्लबसँग रुष्ट बनेको बताइएको छ । त्यसैले ‘ट्रेडिङ विन्डो’ खुला भएको मौकाको फाइदा उठाउँदै यी खेलाडी अन्य क्लबमा जान सक्ने अनुमान गरिएको हो ।
तर, मुम्बई इन्डियन्सका एक बरिष्ठ अधिकारीले भने रोहित शर्मा वा अन्य कुनै खेलाडी क्लब छाडेर अन्यत्र जाने कुनै सम्भावना नरहेको दाबी गरेका छन् । ‘रोहित शर्मा वा अन्य खेलाडीले मुम्बई इन्डियन्स छाड्दैछन् भन्ने समाचारमा कुनै सत्यता छैन । हामी यो सिजन आफ्ना कुनै पनि खेलाडीलाई अर्को क्लबमा पठाउन तयार छैनौं,’ ती अधिकारीले भनेका छन् ।
मुम्बई इन्डियन्सले हालसम्म पाँचपटक आईपीएलको उपाधि चुमिसकेको छ । ‘हार्दिक पाण्डेयालाई कप्तान बनाउने निर्णय लिनुअघि हामीले सबै खेलाडीसँग सल्लाह गरेका थियौं । सबै खेलाडीलाई विश्वासमा लिएर नै यो निर्णय गरिएको हो । यो विषयमा रोहितलाई पनि जानकारी गराइएको थियो । हार्दिकलाई कप्तान बनाइए पनि आगामी दिनमा समेत रोहित नेतृत्व तहमै रहने छन्,’ ती अधिकारीले भनेका छन् । ‘ट्रेडिङ विन्डो’ आगामी सिजनको आईपीएल सुरु हुनुभन्दा ३० दिन अघिसम्म खुला रहने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026