कांग्रेस मधेस प्रदेश सम्मेलन : शेखरलाई विशिष्ट अतिथि नबनाउने भएपछि ८ नेताको नोट अफ डिसेन्ट
जनकपुर । नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई विशिष्ट अतिथि बनाउने विषयमा कुरा नमिल्दा नेपाली कांग्रेस मधेस प्रदेश कार्यसमितिमा विवाद भएको छ। नेता कोइराला पक्षका ८ जना नेताहरूले बुधवार बसेको प्रदेश कार्यसमिति बैठकमा फरक मत नोट अफ डिसेन्ट राखेका हुन् ।
यही पुस ५ र ६ गते कांग्रेस मधेस प्रदेशले पहिलो सम्मेलन गर्दैछ। जनकपुरमा हुने सम्मेलनका लागि केन्द्रीय सभापति र पदाधिकारीहरूसहित नेता कोइरालालाई पनि बोलाइएको छ।
कोइरालालाई बेवास्ता गर्दै सम्मेलनमा अतिथिहरूलाई आसन ग्रहण गराउन खोजिएको भन्दै कोइराला पक्षका आठ जना नेताहरूले फरक मत राखेका हुन् । यसअघि लुम्बिनी र गण्डकी प्रदेश सम्मेलनमा कोइरालालाई विशिष्ट अतिथिको आसन दिइएको थियो ।
पार्टीको २५ औँ वरियतामा रहेका कोइरालालाई इतर पक्षका प्रदेश सभापति रहेका लुम्बिनी र गण्डकीमा दोस्रो वरियतासहित विशिष्ट अतिथि बनाइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा क्रियाशील कम्युनिस्ट पार्टीले गरे पुष्पलाल मार्क्सवादी विश्वविद्यालयलाई समर्थन
-
सिंहदरबारकै जातीय सोचले रोकियो थर सूचीकरणः राष्ट्रिय दलित आयोग
-
१६ वर्षीय प्रसिद्ध २ लाख रुपैयाँमा काठमाडौँ गुर्खाजमा आबद्ध
-
मंगलबार लेखा समितिको बैठक बस्दै, राहदानी छपाइबारे छलफल होला ?
-
आसिफ शेख लुम्बिनी लायन्स र विवेक यादव चितवन राइनोजमा आबद्ध
-
आसिफ शेख उच्च मूल्यमा लुम्बिनी लायन्समा आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण