बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
अदालत

सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त

बुधबार, ०४ पुस २०८०, १६ : २१
बुधबार, ०४ पुस २०८०

काठमाडौँ । सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त भएका छन् । संसदीय विशेष सुनुवाइ समितिबाट अनुमोदन भएसँगै बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई नियुक्त गरेका हुन् । 
नियुक्त हुनेहरुमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेक प्रसाद ढुंगाना, सुनील कुमार पोखरेल र बालकृष्ण ढकाल रहेका छन् । 

उनीहरुलाई नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

न्यायपरिषद्ले उनीहरुको नाम सिफारिस गरेपछि संसदीय सुनुवाइ भएकामा बुधबार नै अनुमोदन भएको थियो । 

Scan_20231220 (3)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप