लेखनाथ महोत्सव आजदेखि
पोखरा । पोखरामा आजदेखि लेखनाथ महोत्सव सुरु हुँदै छ । स्थानीय उत्पादनको विकास र बजारीकरणका लागि महोत्सव आयोजना गरिएको हो । १९ औँ संस्करणको महोत्सव १६ गतेसम्म तालचोकमा हुनेछ ।
महोत्सवले स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगको प्रवर्द्धन, आवश्यक ज्ञान, सिप, उद्यमशीलता र प्रविधि हस्तान्तरण तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तुको बजार प्रवर्द्धन गर्न मेला आयोजना भएको अध्यक्ष विनोद श्रेष्ठले बताए ।
सुन्तला बेच्न सुरु गरिएको मेला अहिले राष्ट्रिय स्तरको महोत्सव भएको छ । महोत्सवमा ३ सय ३४ स्टल रहने र २ लाख ५० हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान छ । महोत्सवमा करिब ९ करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सवमा करिब ९० लाख आम्दानी हुने र १० लाख बचत गर्ने महासचिव जानुका पराजुलीले बताइन् ।
उनका अनुसार महोत्सवको बचत रकम लेखनाथ क्षेत्रको विकासमा लगानी हुनेछ । महोत्सव प्रदर्शनी स्थल र सङ्घको भवनको स्तरोन्नति सँगै औद्योगिक क्षेत्र निर्माणको लागि पहल गरिने पराजुलीले बताइन् । महोत्सवको उद्घाटन गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमी शैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण